धनुषा र महोत्तरीका कम्युनिष्ट क्याडरहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

0
Quantam abroad studies

लोकनरायण सुबेदी/काठमान्डौं
आज नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यद्वय कमरेड राम दुलार महतो र कमरेड डा. मिश्री मण्डल ताथ केन्द्रिय सदस्यद्वय बिपत्ती मण्डल र सत्यनाराय मुखियाको उपस्थिति मा धनुषा र महोत्तरीका ६ जना कम्युनिष्ट बिचार धारामा बिश्वास गर्ने कामरेडहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । अहिलेसम्मको नेपालको कम्युनिष्ट आन्दोलनको अनुभव ले नेपालमा कमरेड पुष्पलालको पहल र नेतृत्वमा १५ सेप्टेम्बर १९४९ गठन गरिएको कम्युनिष्ट पार्टी अबलम्बन गरेको बिचार, सिद्धान्त, कार्यक्रम र नीति मात्र सही साबित भएको र नेपाली जनता र राष्ट्रका समस्या हल गरेर देश र जनतालाई समुन्नतिको बाटोमा लान सक्ने यही बिचार र सिद्धान्तमा बिश्वास कमरेहरु श्याम साह, रामबाबु साह , कत्र्तब्य साह, राजेन्द्रप्रसाद यादब, रामेश्वर ठाकुर बरही र राजेश्वर महरा नेपाल कम्युनिष्ट पार्टीका प्रवेश गरेका हुन् ।

नब प्रबेशी कमरेडहरु ले सबै दल र कम्युनिष्ट समूहका गतिबिधिहरु हेरियो, भोगियो । चिन्तन, बिचार, सिद्धान्त, नीति चरित्र र ब्यवहारमा एकरुपता नभएका कुनै पनि पार्टीले नेपाली जनता र राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति समस्याहरुको समाधान गर्न सक्तैनन् भन्ने कुरा प्रष्ट भएको अनुभव सुनाउँदै कमरेड पुष्पलालको बिचार वरिपरी सबै क्रान्तिकार िकम्युनिष्टहरु गोलबन्द भएर नेपाली जनता र राष्ट्रको सेवा गर्नु आजको सर्बोपरी आवश्यकता हो भन्ने भावना ब्यक्त गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका आगन्तुक सबैलाई हार्दिक स्वागत गर्दै कमरेड रामदुलार महतो ले पाटीको कार्यक्रम र नीतिलाई राम्रोसँग बुझेर संगठित , अनुशासित र संघर्षशील भएर पार्टीृ कार्यलाई अघि बढाउन एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

नेपाल कम्युनिष्ठ पार्टी को धनुषको आज बसेको बैठकले आगामी माघ २३ गते जिल्ला समितिको पुनर्गठन भेला बोलाउने र जनताका राष्ट्रका समस्याहरुलाई लिएर आन्दोलन गर्ने कार्यक्रम बारेमा छलफल गरी निर्णय लिने जनाएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.