

पिन्टु कुमार यादव, माघ १४, राजविराज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं नेपाल सरकारको उपप्रधानमन्त्री ईश्वर पोखरेल ले प्रचण्ड-माधव समुहलाई पार्टीमा एकताबद्ध हुन आव्हान गर्नुभएको छ ।
सो पार्टीका सप्तरी जिल्ला कमिटीले राजरङ्गशाला राजविराज मा आयोजना गरेको बृहत कार्यकर्ता भेलाको प्रमुख अतिथि पोखरेलले हिजो सम्बोधन गर्दै प्रचण्डद्वारा दायर आरोप पत्र फिर्ता लिएर पार्टीमा एकताबद्ध हुन आव्हान गर्नुभएको हो ।
स्थायित्व र स्थिरताको निमित्त नेतृत्व गरेको केपी शर्मा ओलि को सरकारलाई घेराबन्दी गर्न पार्टी भित्रैबाट प्रचण्ड-माधवले षड्यन्त्र गरेकाले हामी राष्ट्रब्यापी रुपमा जनजनमा भन्डाफोर गर्न आएको बताउनुभयो ।
प्रचण्ड – माधव समुह ले पछिल्लो पटक विभिन्न नेताहरु को कार्वाही गरिएको सम्बन्ध मा कटाक्ष गर्दै नेता पोखरेल ले नेकपामा अहिले कसैलाई कुनै किसिमको कार्वाही नगरिएको बताउनुभयो ।
त्यसैगरि नेता पोखरेलले नेकपाका पहिलो अध्यक्ष केपि शर्मा ओलिकै हस्ताक्षरमा टिकट पाउने बैधानिकता रहेकाले चुनाव जित्नलाइ एकताबद्द हुन समेत आव्हान गर्नुभयो ।
सो भेलामा जनता समाजवादी पार्टी तथा लामो समय स्वतन्त्र तराईको मुद्दा बोकिएर सशस्त्र संघर्षमा रहेका केन्द्रिय तह लगायतका करिब दुई हजार नेताकार्यकर्तालाई नेता पोखरेलले अबिर र माला लगाइ पार्टीमा प्रवेश समेत गराउनु भएको थियो ।
