कपिलवस्तुमा पलिकाको लगानीमा बिबाह हल बन्ने, सिलान्यास गरि काम शुरु

0
Quantam abroad studies

राज कुमार चमार, माघ १४, कपिलवस्तु ।

जिल्ला कपिलवस्तु को शुद्धोधन गाउँपालिकाको वडा नं. ६ महादेवमा बिबाह हालको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आर्थिक लगानीमा बन्न लागेकोको बिबाह हल को सिलन्यास कार्यक्रम वडाका अध्यक्ष बिजय बहादुर यादव को अध्यक्षतामा सु-सम्पन्न भएको छ।

गाउँघरमा बिहे लगायतका कार्यक्रममा वडा बासी महादेवा वरिपरिका बासिन्दालाइ सहयोग पुग्ने सोचका साथ बिबाह हल को स्थापन गर्नलागेको बताउदै अब यहाँका जनतालाइ बिहे लगायतका अन्य कार्यक्रम मा जन्ती लगायतका पाहुनालाई राख्न झमेला गर्न नपर्ने अध्यक्ष यादव ले बताएका छन् । त्यसैगरी त्यस कार्यक्रममा पस्थितत अन्य अतिथि ले महादेवा मा मात्र नभइ पालिकाको अन्य स्थानमा पनि यस्ता विबाह हलको आवस्यकता मह्सुस भएको छ र निकट भबिस्यमा अन्य स्थानमा पनि विबाह हल स्थापना हुने बिश्वास ब्यक्त गरेका छन् ।

sahani furniture udyog

सिलन्यास कार्यक्रममा प्रमुख अतिथि को रुपमा गाउँ पालिका अध्यक्ष निसार अहमद खाँन, विशिष्ट अतिथि मा सन्तोष श्रीवास्तव, गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली, जिल्ला समन्वय समिति सदस्य काजु ताणीवान, ईलाका प्रहरी कार्यालय को तर्फबाट ईन्द्रनाथ धोबी, सब ईन्जिनियर करण रियल, सन्दिप पाण्डेय, ईन्द्र मणि खनाल लगायत को उपस्थिति रहेको थियो ।

सिलन्यास गरेपछि बोल्दै पालिका अध्यक्ष निसार अहमद खाँन ले पालिका मा बिकास को काम निरन्तर अघि बढीरहेको बताउदै यस बिबाह हल को स्थापन ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पुर्ण पालिका बासीलाइ लभा हुने धारण राखेका छन् ।

यसैगरी अब पालिका बासीलाई बिबाह हलका लागि अन्य ठाँउमा भौतारिन नपर्ने वडा नं. ६ का वडा अध्यक्ष बिजय बहादुर यादवले बताउदै यस बिबाह हलको स्थापनाले यहाँका वासिन्दालाइ धेरै लाभ हुने बिश्वास ब्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.