शुभ नारायण यादव , सप्तरी, १५ माघ
सप्तरीमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कोसी ब्यारेजको नहर नजिक स.३प ३०४७ नम्बरको तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माेटरसाइकल चालक सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका वडा न. ३ सकरपुराका ३० वर्षीय शिवकुमार मुखिया रहेका छन्। दुर्घटनामा घाइते भएका मुखियाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।
डिएसपि साहका अनुसार मोटरसाइकल पछाडि सबार साेहि ठाउका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ भने घाइते भएका छन्। यता मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको तथा घटनाको सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।