कमलेश चन्द्र गुप्ता, माघ १६, कपिलबस्तु
चौक चौकमा सशत्र प्रहरी बल पोस्ट भिल्मीले आगो बालेको छ । लगातार बढिरहेको चिसोलाई मद्देनजर गरी आज जिल्ला को कृष्णनगर वार्ड नं ६ भिल्मी चौक र करमा चौकमा बि.ओ. पि. भिल्मीले भिल्मी प्रहरी चौकीको सहकार्यमा आगो बालेको हो ।
आगो सर्वसाधारण र बाटोमा आवत जावत गर्नहरुलाई ताप्नका लागि बलिएको हो। चिसो र बाक्लो हुस्सुको कारण कपिलवस्तु लगायत तराईका जिल्लाहरुमा जनजीवन कष्टकर बन्दै गएको छ । सोहीलाई मद्देनजर गरी आज भिल्मी चौक र करमा चौक मा आगो बालेको बि.ओ.पी भिल्मीका प्रहरी निरक्षक त्रिलोचन पोखरेलले बताउनु भएको छ ।
चिसोबाट बचन र बचाउन उदेश्य ले आगो बाले को उनले बताउनु भयो । प्रहरी निरक्षक पोखरेल अनुसार चिसो मा खासगरी बालबालिका र वृद्धबृद्धाहरु बढी प्रभावित भएका छन । उनीहरूलाई चिसोबाट जोगाउन अति आवश्यक रहेको प्रहरी निरक्षक पोखरेल बताउनु भयो ।
सशत्र प्रहरीले चौक चौकमा आगो बाले पछि स्थनीयहरूले धन्यवाद दिएका छन । एक स्थानीय भन्छन “जून काम जन प्रतिनिधिहरू लाई गर्ने पर्ने हो त्यो काम आज सशत्र प्रहरीले गरेको छ, जन प्रतिनिधिहरू लाज गर्नुस ।”