असंवैधानिक तवरमा प्रतिनिधि सभा बिघटन प्रतिगमन को सिलसिलामा नागरिक सभा

0
Quantam abroad studies

राज कुमार चमार, माघ १५, कपिलवस्तु ।

कपिलवस्तु तौलिहवा को नगरपालिका हाल मा आयोजित असंवैधानिक तवरमा प्रतिनिधि सभा बिघटन प्रतिगमन को सिलसिलामा नागरिक सभाको मानव अधिकार कर्मी कृष्ण पहाडीले मैन बत्ती बालेर कार्यक्रम सम्पन्न गर्नु भयो ।

मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।

sahani furniture udyog

त्यस्तै विदेशी शक्ति सँग भेटिङ अर्थात भेटघाट गरी जताततै मिल्ने वा अरु देशको चाहना पुरा गराउन लागेको समेत उनले आरोप लगाए । त्यस्तै आफु लगातार प्रधानमन्त्री बन्नको लागि संसद विघटन गरि लामो समयसम्म प्रधानमन्त्री बन्न फिक्सिङ गरेको समेत पहाडीले बताएका छन् ।

पहाडीले दल र नेता प्रति जनताको वितृष्णा बढेको भन्दै नेता तथा दल सुधारियर लोकतन्त्र बचाउन र सविधानको रक्षा गर्न लाग्नु पर्ने बताए । साथै उनले निर्वाचन नहुने तथा संसद पनि पुन स्थापना हुन नसकेमा देशमा अराजकता र दुर्घटना हुन सक्ने बताएका छन् ।

खड्क प्रसाद जीले जता जहा गए अनावश्यक वोलदै हिडेको कारण, जात, धर्म, संघियता जस्ता पक्षमा आन्दोलन हुन सक्ने र अशान्ती हुन सक्ने भन्दै सबै जनतालई लोकतन्त्र बचाउन र खड्ग प्रसाद ओलीको असवैधानीक कदम प्रति नागरिक सचेत भएर आन्दोलनमा उत्रन समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्याय, राजपाका रविन्द मिश्र, मान अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनी, उपाध्यक्ष गोविन्द खनाल, वार एसोसियनका जिल्ला अध्यक्ष हुमबहादुर कुवंर, पत्रकार शम्भु शैनी, प्राध्यापक संघका नवराज तिवारी, पशुपतिमणि त्रिपाठी, माया ज्ञवाली, बसन्त बन्जाडे, रामदयाल ठाकुर लगाएत बोलेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.