सप्तरीका स्थानिय तहका कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण

0
Quantam abroad studies

राजविराज, १६ माघ

शहिद दिवस को अवसर पारेर सप्तरीका स्थानीय तहका कर्मचारी शहिद प्रभुनारायण यादव को शालिकमा शुक्रवार जनप्रतिनिधि , राजनीतिकर्मी , कर्मचारी समेत ले माल्यार्पण गरेका छन् ।

sahani furniture udyog

जिल्ला समन्वय समितिको परिसर स्थित शालिकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव , नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव , राजविराज नगर पालिकाका मेयर शम्भु प्रसाद यादव , नेपाल निजामति कर्मचारीहरुको आधारिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा लगायत ले कर्मचारी शहिद यादव को शालिक मा माल्यार्पण गरेका छन् । उनीहरुले कर्मचारी शहिद यादव ले गरेको योगदान अतुलनीय रहेको भन्दै उनबाट आम कर्मचारीले प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा शहिदका जेठो छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जिवन्त राख्न आफुहरु प्रयासरत रहे पनि सरकारी तवरबाट ठोस पहल हुनुपर्ने बताए। तत्कालिन जिल्ला विकास समिति राजविराज स्थित कार्यालयको काम सकेर घर फर्किने क्रममा २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

Leave A Reply

Your email address will not be published.