संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

0
Quantam abroad studies

कपिलवस्तु , माघ १७
जिल्ला को कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएका संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लेखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन् l

कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि उनलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खान ले गाली गालाैज गरि ज्यान मार्ने धम्की दिएका छन् भने उनलाई हातपात समेत गरेका छन् l हातापात गर्दै ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन ।

sahani furniture udyog

पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेकाैं बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताकाे धर्म रहेकाेले समाचार लेखेकै कारण पत्रकार गुप्ता लाई धम्की दिने र गाली गलाैज, हातापाई गर्ने जस्ताे कुकृति प्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपाल कपिलवस्तु को गम्भीर ध्यानाकर्षण भएकाे छ ।

साथै पत्रकार गुप्त काे ज्यानमाल सुरक्षा गर्न र पत्रकार गुप्ता लाई धम्की दिइ हातपात गर्ने व्यक्ति जावेद आलम र ताहिर खानलाई तत्काल कारवाही गर्न अवधी पत्रकार संघ नेपाल कपिलवस्तु र प्रेस क्लब अफ कृष्णनगर ले सम्बन्धित निकाय संग जाेडदार माग गर्दै बिज्ञप्ति जारी गरेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.