नेपाल टेलिभिजनको उत्कृष्ट जिल्ला सम्वादाता सप्तरीका प्रत्रकार श्यामसुन्दर यादव सम्मानित

0
Quantam abroad studies

नवीन कुमार यादव, माघ -१७, सप्तरी ।
नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सबको अवसरमा आज उत्कृष्ट जिल्ला संवाददाताको रुपमा सप्तरीको पत्रकार श्याम सुन्दर यादव सम्मानित हुनुभएको ।

नेपाल टेलिभिजन सिंहदरबार काठमाण्डौं द्वारा उत्कृष्ट जिल्ला संवाददाताको रुपमा नगदसहित सम्मान पाउने देशभरीका ६ जना मध्ये बाट सप्तरी लाई कार्यक्षेत्र बनाइ पत्रकारिता गर्ने यादव समेत सम्मानित हुनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, टेलिभिजनको अध्यक्ष डा. महेन्द्र बिष्ट लगायत टेलिभिजन परिवार को सहभागिता मा आफू सम्मानित भएको बताउनुभयो ।

यसै अवसरमा सम्मानित पत्रकार यादवले कार्यक्रममा उपस्थित सम्पुर्ण लगायत अग्रज, सहकर्मी, शुभेच्छु, शुभचिन्तक,परिजन सहित प्रत्यक्ष एवम् अप्रत्यक्ष एउपमा सहयोग गर्नु हुनेहरुमा पत्रकार यादवले आभार प्रकट समेत गर्नुभयो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.