इमरान हुसेन / तौलिहवा
आज मायादेवि गाँउपालिकामा रहेको “मायादेवि गाँउपालिका स्तरिय संघ क.व” को बैठक सम्पन्न भएको हो ।
मायादेवी गा.पा. वडा नं २ मा रहेको मदरसा उम्मे अम्मारको सभा हलमा बैठक सम्पन्न भएको हो । यस गाँउपालिका अन्तर्गत रहेको सबै मदरसा का पदाधिकारीहरु बीच बृहत् छलफल गरिएको हो ।
बैठकमा तपसील अनुसारको निर्णय गरेको हो । १. धार्मिक, गुरुकुल, मदरसामा स्वयम् सेवक शिक्षक भर्ना, २.स्वयम् सेवक शिक्षकमा मौलानाको नियुक्ति, ३. छात्रवृत्तिको व्यवस्था, ४.दिवा खाजाको व्यवस्था, ५.प्रशासनिक मसलन्दको व्यवस्था, ६.एस.आई.पि निर्माण रकमको व्यवस्था, ७.पाठ्यपुस्तकको व्यवस्था, ८.भौतिक निर्माणको व्यवस्था, ९.संचालित कक्षालाई अनुमतिपत्रको व्यवस्था, १०.तालिमको व्यवस्था । लगायतको निर्णय गरेको हो ।
बैठकमा भएको निर्णयलाई सम्बन्धित निकायमा ” मायादेवी गा. पा. मदरसा स्तरिय संघ क.व” ले जोडदार पहल गर्ने यस मदरसा संघका अध्यक्ष हिफजुर रहमान खानले भनन्नु भयो ।
उहाँ ले सम्पूर्ण गाँउपालिका का मदरसाहरु लाई आफ्नो अधिकारका लागि एकजुट भै अघि बढ्न आग्रह समेत गर्नु भएको हो । त्यसैगरी मदरसाको विभिन्न समस्याहरुलाई छिट्टै नै समाधान गराउन आफूहरु प्रयत्न रहेको यस मदरसा संघका सचिव रहत अलि दर्जिले भन्नु भयो । बैठकमा विभिन्न मदरसा का शिक्षक र अध्यक्षहरुको उपस्थिती रहेको थियो ।