
इसत्याक अहमद -रौतहट/माघ २६
गएको २२ गते राति करिब ७ बजेको समयमा वृन्दावन न.पा. वडा नं.९ भुसहा टोलमा चोरी गर्न जाँदा स्थानीयहरुले हुहल्ला गर्दा चोर राम भाग्दै गरेको काममा करेन्ट लागेर मृत्यु भएको थियो। नजिकमा रहेको प्रहरीलाई थाहा भए लगत्तै भुसहा स्थित गहुँ खेतमा लाश रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ तत्काल जिप्रका रौतहट र ईप्रका गरुडाबाट प्रहरी टोली खटिगई उक्त स्थानमा हेर्दा अन्दाजी २४ बर्षिय पुरुष व्यक्तिको लाश रहेकोमा उक्त दिन राति भएकोले मुचुल्का गर्न सम्भव नभएकोले घटनास्थललाई प्रहरीको ड्यूटी सहित सुरक्षित थियो । भोलिपल्ट डग स्निफिङ सहित घटनास्थल मुचुल्का गरि प्रारम्भिक अनुसन्धान गर्दा मृतक व्यक्ति को पेटको बायाँ कोख देखी दाँया छातीको मुनी सम्म कालो डाम भई करेन्टले पोलिई डढेको जस्तो देखिएको र प्रतापपुर पल्टुवाको वासिन्दा रहेको भनि सुनिन आएपश्चात थप अनुसन्धान गुजरा न.पा. वडा नं.७ प्रतापपुर पल्टुवा बस्ने लक्ष्मण महराको छोरा २४ बर्षिय रितु महरा रहेको भनि बुझिन आएको र निज पहिले देखिनै बिभिन्न अपराध तथा चोरीमा संलग्न रहि जिप्रका रौतहटबाट मोबाईल चोरी मुद्दामा तथा ईप्रका चपुरबाट केही सार्वजनिक अपराध र ईप्रका लक्ष्मिनियाबाट चोरी डाँका मुद्दा एवं ईप्रका गरुडाबाट अभद्र व्यवहार कसुर मुद्दा समेत चलाएको थियो ।
मृतक रितु महरा मिति २०७७/१०/२१ गते राति ११ बजेको समयमा चोरी गर्ने उद्देश्यले वृन्दावन न.पा. वडा नं.९ भुसहा टोलमा महम्मद आलमको घरमा पस्दा निजले थाहा पाई हो हल्ला गर्दा भागेको थियो । भागि जाने क्रममा रितु महराको मफलर खस्दा महम्मद आलमले फेला पारि आफुसंग राखि निजलाई पच्छाउदै लखेट्दै जाँदा चमार लमाहा नदी तरी भागी फरार भएको र महम्मद आलम आफुले लगाएको लुङगीमा खुट्टा अल्झी लड्दा दाँया घँडामा समान्य चोट लागेको थियो । महम्मद आलमले उक्त मफलर आफ्नो घरमा चोरी गर्न आएको व्यक्तिको हो भनि गाउँमा आई देखाउँदा शेख अन्सारुलले यो मफलर गजुरा न.पा. वडा नं.७ प्रतापपुर पल्टुवा बस्ने रितु महराको हो भनेपश्चात रितु महराको घरमा गई देखाउँदा उक्त मफलर रितु महराकै रहेको भनि रितु महराको श्रीमती धुवपतिया देवी रामले सनाखत गरेको थियो ।
मृतक रितु राम चोरिको असफल प्रयास पश्चात भाग्ने क्रममा वृन्दावन न.पा. वडा नं.९ भुसहा बस्ने शेख मसकुर आलमले जंगली जनावरवाट बचाउन आफ्नो खेत वरिपरि लगाएको अल्मुनियमको तारमा अल्झी उक्त तारमा प्रवाह भएको करेन्ट लागि मृत्यु भएको हो भन्ने घटनास्थल अनुसन्धानबाट मसकुर आलमलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा खेतमा रहेको तारमा करेन्ट रहेको खेतमा जाँदा खेतको आलीको दक्षिणतर्फ रितु महरा तारमा अल्झी बाँया तर्फ कोल्टो अवस्थामा लडेको देखी करेन्टको स्वीच अफ गरी हेर्दा मृत्यु भई सकेको र मृतशब लाई आफुले दुबै हात र भतिजा सहित तार हटाई गोवास घरमा लगी लुकाई छिपाई राखेको हुँ भनि बताए पश्चात निज मस्कुर आलमलाई पक्राउ गरि नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरि सम्मानित अदालतबाट ज्यान सम्बन्धी कसुरमा दिन ७ को म्याद थप गरी न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।
