केदारस्यूमा युवा तथा कृषकका लागि ३ महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन

0
Quantam abroad studies

उत्तमकुमार थापा बझाङ

बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीकामा बजारमा आधारीत प्राविधिक तथा व्यावसायिक सीपप्रवद्वन परियाेजना सञ्चालन गरिएको छ ।

देशमा बढ्दाे बेरोजगारीलाई मध्यनजर गर्दै निड्स नेपालले केदारस्यू गाउँपालीकामा बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेकाे हाे। तालिममा विभिन्न वडा बाट पुरुष महिला गरि २० जनालाई व्यावसायिक तालिम दिईएकाे निड्स नेपाल का कर्मचारी सेखर थापाले बताए ।

sahani furniture udyog

जिल्लाकाे केदारस्यू गाउँपालीकामा सञ्चालित अाई पि एम मा अाधारीत तालिममा केदारस्यू गाउँपालीका अध्यक्ष ईन्द्र बहादुर भण्डारी काे अध्यक्षतामा सुरु भएको कार्यक्रमका अतिथि केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामी निड्स नेपालका केन्द्रीय उपाध्यक्ष लाेकेन्द्र जाेशी लगाएत जनसमुदाय हरु रहनुभएकाे थियाे । आज सञ्चालन भएको कार्यक्रममा गाउँपालीका र सँस्थाकाे सहकमर्यमा तालिम सञ्चालन गरिएको हाे ।

निड्स नेपाल ले बढ्दाे बेरोजगारी युवा युवतीहरुलाई लक्ष्यित गर्दै विभिन्न स्थानीय तहमा तरकारी खेति देखि लिएर अन्य सिपमुलक तालिम सञ्चालन गर्दै अाएकाे उपाध्यक्ष लाेकेन्द्र जाेशी ले बताए । गाउँपालीका उपाध्यक्ष निशा धामी ले भने , हामिले दिएको तालिम लिएर सबै तालिममा सहभागीले सदुपयोग गरिदिन अनुराेध गर्दै ,सबैलाई राम्रोसँग तालिम लिन अनुराेध गरेका हुन । कार्यक्रम सञ्चालन निड्स नेपालका कार्यक्रम सँयाेजक विनाेद कडाराले गर्नुभएको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.