रहेनन् रामसिंह रावल।

0
Quantam abroad studies


सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाको बिरुद्ध कमरेड पुष्पलालको नेतत्वमा कम्युनिष्ट आन्दोलनमा संलग्न कमरेड रामसिंह रावलको हिजो बिहान काठमाण्डौमा निधन भयो । जीवनको ७१औं बर्ष झेल्दै गरेका दिबंगत रावल मुटु लगायत बिभिन्न बिमारीले आक्रान्त रहँदै आएका थिए । पञ्चायती ब्यबस्था बिरोधी संयुक्त जन अन्दोनलका गतिबिधिमा भूमिगत र खुल्लारुपमा सक्रिय रहँदा रावल अरु अरु सहयोद्धाहरुसँगै पटक पटक पक्राउ परेका थिए भने राजकाज अपराध र शान्ति सुरक्षाका नाममा करीब ६ बर्षजति काराबास पनि बसेका थिए ।

दिबंगत रावलले नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको अध्यक्ष बनेर पञ्चायती ब्गवस्था बिरुद्ध बिद्यार्थीहरुलाई संगठित गर्ने र जन चेतना जगाउने जिम्मेवारी राम्रैसँग सम्हालेका थिए । उनी अध्यक्ष चुनिए पछि मनमैजुदेखि जुलुशको नेतृत्व गर्दै काठमाण्डौको इटुम्बहालमा भएको घोषणा सभामा बोल्दा उनले दरबारलाई चूनौति दिदै ‘राजदरबार षडयन्त्रको केन्द्र’ हो भन्ने भाषण गरेको र त्यो लामो समयसम्म चर्चाको बिषय बनेको थियो ।

जेलबाट मुक्त भए पछि पहिलो पटक जनमत संग्रहमा पञ्चायती ब्यवस्था बिरुद्ध देशका बिभिन्न भागमा गएर बिरोध सभाहरु गर्ने र बहुदलको पक्षमा जनमत सिर्जना गर्ने कार्यमा पनि अरु यूवा कमरेडहरुसँगै रामसिंह रावल पनि अग्रपंक्तिमा सक्रिय रहेका थिए । पछि सत्याग्रहको शान्तिपूर्ण आन्दोलन बेलामा पनि उनले पुनः जेल सजाय पाएर नखु कारागारमा बस्नु परेको थियो । त्यसपछि पनि पञ्चायती ब्यबस्था बिरोधी संयुक्त बाम प्रजातन्त्रिक आन्दोलनमा निरन्तर पञ्चायतको अन्त्य नहुञ्जेलसम्म सक्रिय रहे ।

कुनै पनि पद, प्रतिष्ठा र प्रलोभनको मोहबाट टाढा रहेका रावल बाम–प्रजातान्त्रिक शक्तिको बिग्रदो र पतित चरित्र र ब्यवहारको भने सही कटु आलोचक थिए । तर ब्यक्तिगतरुपमा भने मिलनसार, ठट्यौलो स्वभावको र सहृदयी रहेका रावल नेपालको पछिल्लो राजनीतिक बिग्रहले सही निकास पाउने सही दिशा लिन नसकिरहेकोमा चिन्तत थिए । उनकी पत्नी, एक छोरी र दुइ छोरा छन् ।

Leave A Reply

Your email address will not be published.