
शत्रुघन खरविन्द , फागुन ६ , कपिलवस्तु
कपिलवस्तुको यशोधरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुले संचालन गरेका स – साना ब्यवसायहरु लाई ब्यवस्थापन गर्ने उद्धेश्यले उद्यमशिल्ता बिकास २ दिन तालिम आज देखी शुरु भएको छ ।
समाबेशी बिकासका लागि समूदायमा आधारित पुनरस्थापना परियोजना अन्तरगत तालिम शुरुभएको छ । यशोधरा गाउँपालिकाको सभाहालमा भईरहेको तालिममा १६ जना को सहभागिता रहेको छ। यूनाइटेड मिसन टु नेपाल र अस्ट्रेलियन एड को सहयोग र दलित सामाजिक बिकास केन्द्र को आयोजनामा तालिम संचालन भएको हो ।

यही फागुन ६ र ७ गते संचालन भईरहेको तालिमको सहजी करण संस्थाका अध्यक्ष रामशरन रैदास र सहजकर्ता बिन्द वसिनी हरिजनले सहजीकरण गर्नु भएको छ ।


