सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु , ११ फागुन
कपिलवस्तु जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिका वार्ड नं.१ शिवलय चोक बजार स्थितमा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा बाट शुद्धोधन गाउँपालिका वार्ड नं.६ कर्मा बस्ने २७ बर्ष को हविव खान र २० बर्ष को उमेश मल्लाह ले सुनको सिक्री तथा औठी देखाउन भनि थान ३ सुनको औठी (८१.६ लाल) अंदाजी मुल्य रु ७३,०००। – (त्रिहत्तर हजार) बराबरको औठी चोरी गरेको फरार भएका थिए ।

प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा १० जनाको टोलि खटि निजहरुलाई लु ४१ प ३१०२ नंम्बर को SUZUKI INTRUDER मोटरसाइकल सहित फेला पारी पक्राउ गरि चोरी भएको सुनको औठी थान-३ र चोरीमा प्रयोग भएको मोटरसाइकल बरामद गरि आवश्यक अनुसन्धानको लागि यस कार्यालयमा ल्याई निजहरु लाइ चोरी मुद्धामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.