सामुदायिक बिद्यालयमा कर्मचारीको दुष्प्रवृती:जे देखियो त्यही लेखे

0
Quantam abroad studies

नबिन यादव , फाल्गुन १३ ,राजविराज
सामुदायिक बिद्यालयमा बढिरहेको लापरबाहीलाई लिएर पटकपटक विद्यार्थी, अभिभावकको आग्रहमा विहिवार दिउँसो टिपिनको बभनगामा कट्टी स्थित बहुमुखी क्याम्पसमा रिपोर्टिङ गर्न पुग्दा त्यहाँ कर्मचारीहरुको लापरबाही र दुष्प्रवृतीहरु देखा परेका छ्न।

जिल्ला को तिलाठी कोइलाडी गाउँपालिका स्थिति बल्भ नरसिंह बहुमुखी क्याम्पस बभनगामाकट्टीमा कार्यरत कर्मचारीहरु बाट चरम लापरबाही तथा दुष्प्रवृतीहरु देखा परेका हुन। १०+२ बिभागको लेखा तर्फको कार्यालयमा प्रवेश गर्दा कर्मचारी शैलहेश सिंह सुतिरहेको अवस्थामा देखे।बिद्यालयको पठनपाठन समयमा यस्तो अवस्था देखा पर्नुले सहजै कर्मचारीहरु विद्यार्थीको भविष्य प्रती कति उत्तरदायी छन भन्ने बुझ्न सकिन्छ ।

sahani furniture udyog

यसैगरी हामीले अर्को ब्लक तर्फ जादा त्यहा खाजा खुवाउने तरखरमा थियो।सो बिद्यालयमा करिब १० वर्ष देखी कार्यरत परिचर भुषन सिंह संग कुरा गर्दा उहाँ दिउँसै रक्सीको नाशामा रहेको पाइयो ।त्यसपछि हामी बिद्यालय प्रशासन समक्ष ती दुष्प्रवृतीहरु बारे कमप्लेन गर्दा कार्यरत शिक्षक मनोज यादवले प्रधानाध्यापक नरहेको ले आएपछि जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।

दिनानुदिन सामुदायिक बिद्यालयमा बढिरहेको यस्ता लापरबाही र दुष्प्रवृतीले गर्दा विद्यार्थीको भविष्य तथा उनीहरुको संस्कारमा पर्न सक्ने प्रभावबारे सोच्न आवश्यक देखिन्छ ।नागरिकले तिरेको करबाट तलबभत्ता खाएर यस्तो लापरबाही गर्नेलाइ कार्वाही गरि मात्र सुधार हुनेछ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.