कपिलवस्तु मा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदास जयन्ती भब्यताका साथ मनाइयो

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , १५ फागुन
कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा काे बुद्ध पद्म माध्यमिक विद्यालय काे प्रङ्गण मा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदास जि काे जन्म जयन्ती समारोह भब्य रुप मा मनाइएको छ ।

शिक्षित बनाे , संगठित बनाे र संघर्ष कराे भन्ने मुल नारा काे साथ जगत गुरु संत शिराेमणि रविदास जीकाे जन्म जयन्ती मनाइएको हो ।

कार्यक्रम का प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजन ले जबसम्म हामीले अन्धविश्वासमा फसछौ तबसम्म अगाडि बढ्न नसक्ने बताउदै नेपाल मा रहेका सबै पार्टीहरुलाई दलितलाई प्राथमिकता दिन काे लागि अग्रह समेत गरेका छन् ।

sahani furniture udyog

कार्यक्रममा अधिकांस वक्ताहरुले जगत गुरु संत शिराेमणि रविदास जी काे जीवन काे बारेमा क्रान्तिकारी विचार धारा का रुप मा उनी थिए तर केही व्यक्तिहरुले जगत गुरु संत शिराेमणि रविदास जीलाई संत काे रुपमा मात्र लिएका छन । उनी समाज परिवर्तन कसरी हुन्छ , दलितहरु अधिकार कसरी प्राप्त हुन्छ , समतामूलक समाज निर्माण कसरी हुन्छ , शिक्षित बनुन , संगठित हुन र संघर्ष गरि अधिकार प्राप्त गर्नु भन्ने उहाँ को मुख्य उदेश्य रहेको थियोे।

नेपाल दिन प्रति दिन बलात्कार काे घटना बढी रहेको छ तर धेरै जसाे दलित का छाेरीहरु किन बलात्कृत हुन्छन् जस्ता प्रश्न कार्यक्रम का वक्ता ले गरेक थिए ।नेपाल सरकार ले दलितहरुलाई नराम्रो नजर बाट हेर्दै अाएकाे आरोप लगाउदै विस्तारै दलित संगठित हुनु पर्नेमा अन्य वक्ताहरु ले जोड दिएका थिए ।

उक्त कार्यक्रम का अध्यक्ष इन्द्र प्रसाद बाैद्व , प्रमुख अतिथि नवलपरासी का राष्ट्रिय सभा सदस्य राम लखन हरिजन , विशिष्ट प्रदेश सभा सदस्य रीना वि. क. , पुर्व संविधान सभा सदस्य शान्ति देवी हरिजन , अतिथि सर्वोच्च अदालत मा कार्यरत रक्षा राम हरिवन ,समाजसेवी राम देव पासी , अधिवक्ता शैलेन्द्र अम्बेडिकर , समाजसेवी राम शरण रैदास , समाजसेवी संजय पासी , पत्रकार लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.