

पंकज ओझा को स्वर तथा संगीत रहेको “मुटुमा तिमि” बोल को नयाँ नेपाली गीत सार्वजनिक भएको छ l यस भन्दा पहिला पनि पंकज ओझा कै स्वर र संगीत भएको ” “हासिल ” बोलको गीत को भिडिओ सार्बजनिक भएको थियो l “मुटुमा तिमि” गीतका लेखक सुरज सिंह र गणेश श्रीवास्तवको निर्देशनमा यस गीत लाई बनाइएको छ l साथै यस गीतमा सागर परियार, सानु परियार तथा सर्बजीत यादव ले अभिनय गरेका छन् भने यो गीतको भिडिओ लाई दिपक कन्दु ले छा्यांकन गरेका छन् l यस भन्दा पहिला पनि पंकज ओझाको केहि गीत हरु अवधि तथा नेपाली भाषा मा सार्बजनिक भैसकेका छन् I “मुटुमा तिमि” बोलको गीत “पीड़ा” नामक एल्बमको को दोश्रो गीत तथा ” हासिल ” पहिलो गीत रहेको थियो भन्ने बारेमा यस दुवै गीत का निर्देशक गणेश श्रीवास्तव ले जानकारी दिनु भएको छ l अबको आउदो समयमा नेपाली तथा अवधि गीत हरु सम्पूर्णमा समर्पित गर्छु, यस गीत का निर्देशक गणेश श्रीवास्तव ले बताउनु भएको छ l

Watch video here….
