१९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण

0
Quantam abroad studies

उर्मिला यादव यात्री, फागुन १९ ‌।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सोमन्त खनालले स्वागत मन्तब्य राख्दै बिद्यालयको शैक्षिक बिकासमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ ।

आजका बालबालिका भबिष्यको कर्णदार भएकोले उनीहरुको शैक्षिक गुणस्तरमा शिक्षकहरु पनि प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । बिद्यार्थीहरुका लागी एउटा शिक्षक मात्र नभएर साथी र अभिभावकको रुपमा पनि शिक्षकहरुले भुमिका खेल्नुपर्ने बताउदै आगामी दिनमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले बिद्यालयले थप कार्यक्रम गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा प्रिन्सिपल खनालले बिद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मको बिद्यार्थीहरुलाइ शैक्षिक सत्र २०७६ सालको एकेडेमीक पुरस्कार साथै खेलकुद तर्फको पुरस्कार समेत बितरण गरीएको थियो भने बिद्यालयका शिक्षक शिक्षिकाहरुलाइ समेत सम्मान गरीएको थियो ।

बिद्यालयका शिक्षक मदन चौधरीले संचालन गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक डम्बर बहादुर गुरुंग, शिक्षक सुनिल शाही लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थी र शिक्षक लगायत पाँच सय जनाको सहभागिता रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.