
पिन्टु कुमार यादव , फाल्गुन २१ , राजविराज
सप्तरीको प्रमुख जिल्ला अधिकारी सरुवा भैइ जानेक्रममा दर्जन भन्दा बढी संघसंस्थाद्वारा सम्मान गरि बिदाइ गरेका छ्न। १० महिना देखी जिल्लामा कार्यरत प्रजिअ शंकरहरि आचार्य सरुवा भैइ गृह मन्त्रालयमा जानुभयो ।उहाँ सरुवा भैई जाने क्षणमा सप्तरीका संघसंस्थाहरुले सम्मान गरि बिदाई गरिएका हुन।

प्रजिअ शंकरहरि आचार्यको सप्तरीमा १० महिनाको कार्यकालमा स्वच्छ , निष्पक्ष र पारदर्शी ढंगबाट कार्यसम्पादन गर्नुभएको छ। विश्वब्यापी कोरोना भाइरस कोभिड-१९ को संक्रमणले देशभर लकडाउन हुँदासमेत सप्तरीको शान्ति शुरक्षा, दैवी प्रकोप ब्यबसथापन , राष्ट्रिय परिचय पत्र बितरण, स्थानीय सरकारहरू संग सहजिकरण, कर्मचारीहरुको स्वास्थ्यको प्रतिकूल असर पर्नबाट जोगाई उचित व्यवस्थापन, विभिन्न किसिमका सचेतनामूलक तथा जनता केन्द्रित कार्यक्रमहरुको संचालन, कार्यालय संचालनमा उपलब्ध न्यूनतम श्रोत साधनहरुको अधिकतम प्रयोग गरी मितव्ययिता कायम, गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादन, उल्लेख्य रुपमा फलफूल तथा जडिबुटीका बिरुवा वृक्षारोपण गरी वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन , कर्मचारीहरुको आन्तरिक शुद्धिकरण तथा सुदृढिकरण, कर्मचारीहरुको पीरमार्का , गुनासाहरुको सुनुवाई तथा उचित व्यवस्थापन, निर्णय प्रकृयामा सामुहिक सहभागीता रहेको संघसंस्थाहरुको भनाइ रहेका छ्न।
सम्मान तथा बिदाई गर्न सप्तरी युथ नेपाल ,सबल नेपाल ,नेपाल वेलफेयर,उद्योग वाणिज्य संघ लगायत सप्तरीका दर्जनभन्दा बढी संघसंस्थाले सम्मान तथा बिदाई गरिएको थियो।

