सुनवलमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध रेड बिजयी

0
Quantam abroad studies

उर्मिला यादव यात्री , फागुन २९
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा लर्ड बुद्ध रेड बिजयी भएको छ ।

आज दिउसो भएको लर्ड बुद्ध रेड र नदुवा युथ क्लव विचको खेलमा लर्ड बुद्ध रेड २ गोल अन्तरले बिजयी भएको हो । नदुवा युथ क्लवले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । नदुवाले कुनै गोल गर्न नसकेपछि लर्ड बुद्ध रेडले २ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगितामा लर्ड बुद्ध रेडका शुभम गुरुंग म्यान अफ द म्याच घोषित भएका छन । यस्तै गरी भोलि आइतबार बर्म भैरव र बिग बुद्ध युवाक्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

Leave A Reply

Your email address will not be published.