नगर स्थरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घघाटन

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
जिल्ला काे बुङ्गल नगरपालिका मा नगर स्थरीय रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । अाज एक कार्यक्रमका विच बुङ्गल नगरपालिकामा राष्ट्रपति रनिङ्गसिल्डकाे उदघाटन भएको हाे । बुङ्गल नगर खेलकुद समितिकाे अायाेजनामा नगरपालिकामा रहेका विद्यालयहरु सहभागी रहनुभएकाे थियाे ।

खेलकुद ग्राउन्डमा सुरु कार्यक्रममा बुङ्गल खेलकुद विकास समितिका अध्यक्ष धनशेर ओखेडाकाे अध्यक्षता मा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता तथा पुर्व युवा खेलकुद तथा राज्य मन्त्री नरेश बहादुर सिह, बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सँयाेजक खडक बहादुर खड्का, बुङ्गल नगरपालिका प्रमुख धन बहादुर बिष्ट उपप्रमुख, बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी सबै सुरक्षा निकाय प्रमुख, जिल्ला भरिका प्रमुख तथा प्रतिनिधिहरु अकाेरापका सुदुरपश्चिम अध्यक्ष तथा नेपाल पत्रकार महासँघका पुर्व अध्यक्ष जगत खड्का पत्रकार महासँघ बझाङका अध्यक्ष जगदीश राेकाया लगाएत शिक्षक बुद्धिजीवी समाजसेवी विद्यार्थीहरु लगाएत जनसमुदायको उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

sahani furniture udyog

प्रमुख अतिथि रहनुभएका सिहले भने, समग्रमा हेर्दा बुङ्गलमा खेलकुद ग्राउन्ड स्थापना भएको बताउदै आफुले खेलाडीलाई गर्न सक्ने सहयाेग गर्ने र सबैले खेलकुलाई सहयाेग गर्नुपर्ने दावी गरे उनले स्थानीयतह ले अझै सहयाेग गर्नुपर्ने दावी गरेका छन।नगरपालिकाकाे खेलकुद ग्राउन्डमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नरेश बहादुर सिंह ले दिप प्रजलन गर्दै शब्दबाचनद्वारा व्यानर उद्घाटन गर्नुभएको हाे भने सिहलाई विभिन्न विद्यालयले मार्चपासद्वारा सलामी दिएकाे हाे ।

खेलकुदमा नगरपालिकाका विभिन्न विद्यालय उपस्थिति रहेका छन । रत्न माध्यमिक विद्यालय , शारदा माध्यमिक विद्यालय ,भगवती माध्यमिक विद्यालय ,सरसति माध्यमिक विद्यालय ,कन्या माध्यमिक विद्यालय ,चन्द माध्यमिक विद्यालय ,उपस्थिति रहेका थिए, नगर स्थरीय खेलकुद प्रतियोगिताकाे समन्वय भने बुङ्गल नगरपालिकाले गरेकाे हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.