
सप्तरी , राजविराज , चैत्र ६
जिल्लाको तिरहुत गाउँपालिका वडा न.४ डिमन स्थित रहेको उच्च माध्यमिक बिद्यालय मा शौचालय व्यवस्थित नभएका ले विद्यार्थीहरु बिचल्लीमा परिरहेका छ्न।कक्षा १० कि आरती कुमारी पंडित एक वर्ष देखी शौचालय नभएकोले हामीलाई बिजोग भईरहेको बताउछिन् ।यसैगरी कक्षा ७ मा पढ्ने अमित कुमार यादव र रवेन कुमार सरदारले पनि आफुहरु अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य भएको बताउँछन् ।
आ.व.२०६४/०६५ सालमा छात्रछात्राहरुको लागि शौचालय संस्थाको सहयोगमा निर्माण भएको थियो तर अझै संचालनमा आउन सकिएको छैन। पठनपाठनको समयमा समेत शौचालयमा ताला लगाएर राख्ने गरेको छ।बिगत २५ वर्ष देखि लथालिङ्ग रहेको बिद्यालय सुधार गर्न पहलमा लागिपरेकै छु।स्थानीय सरकार को मताहतमा सामुदायिक बिद्यालय आएदेखी नै लथालिङ्ग हुनुको कारण गाउँकार्यपालिकाले समयमै काम कारबाहीको आदेश नदिदा यस्तो अवस्था देखिन पुगेको वडा अध्यक्ष मनोज कुमार यादव बताउनुभयो । छ सय छात्रा तथा दुई सय छात्र गरि आठ सय बिद्यार्थीहरु पढिरहेका छ्न।अहिलेसम्म बिद्यालय व्यवस्थापन समिति निर्माण हुन नसकिरहेको सो बिद्यालयमा छिट्टै अभिभावक भेला गर्न प्रयासमा लागेकोप्रधानाध्यापक कपिलेश्वर यादव ले बताउनुभयो।स्थानीयवासीहरु बिद्यालयमा २१ बिघा भन्दा बढी जग्गा रहेको बताउँछन् तर बिद्यालयका प्र.अले बिद्यालयको नाममा भनेअनुसार जग्गाको कागजात नरहेको बताउनुहुन्छ।बिद्यालय मा भने अनुसारको जग्गाको उब्जनी पाइरहेको छैन ।

६ बिघा सम्मको आम्दानी मैले बुझ्ने गरेको बिद्यालयका सह लेखापाल भुनेश कुमार यादव बताउनुहुन्छ।यसै गरि स्थानीय हरेराम यादवका अनुसार बिद्यालय हताभित्रको जग्गाहरुमा भौतिक संरचनाहरु अलपत्र अवस्थामा देखिएकाले र्निर्माणमा निरंतरताका लागि पहल गरिए पनि बन्न दिने अवस्थामा देखिदैन ।जग्गा बिद्यालयको नाममा नभएको कारण जग्गा धनीले रोकिएर अलपत्र परेको छ।


