वैदेशिक अध्ययनमा जाने विद्यार्थीमाथि कोरोनाको कहर

0
Quantam abroad studies

राजेश पाण्डेय
बुटवल, २४ कार्तिक

उच्च शिक्षाका लागि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरु विगत आठ महिना देखि विदेश जाने पर्खाईमा छन् तर अझै केही टुंगो लाग्न सकेको छैन् । विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरसका (कोभिड–१९) कारण विभिन्न देशमा जान खोजेका हजारौ विद्यार्थीहरुको भविश्य अन्योलमा छ ।
विदेशमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपाल सरकार अन्तर्गत रहेको शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहनेका लागि आवश्यक पर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) केही समयकोलागि रोकेको थियो । तर कोरोना महामारीको रुप लिएपछि अनिश्चित समयको लागि स्थगित भयो । अन्ततः त्यसको केही समय पछि नेपालमा पनि लकडाउन शुरु भयो ।
लकडाउन हुनु अगावै केही विद्यार्थीहरुले एनओसी लिई सकेर सम्बन्धित देशमा रकम पठाईसकेका थिए । त्यस्ता विद्यार्थी र तिनका अभिभावक बढी मारमा परेको देखिन्छ, यद्यपी त्यसरी रकम पठाउने विद्यार्थी दश प्रतिशत मात्रै रहेको शिक्षा मन्त्रालयको तथ्याँकले देखाउछ ।
जापान जानका लागि आवश्यक पर्ने रकम बैंकबाट कर्जा लिएर मार्च महिनामै पठाएका पदम प्रसाद ज्ञवालीले आफ्नो दुखेसो यसरी पोख्छन् “लकडाउन हुनु अगाडीनै जसोतसो गरेर पैसा पठाए, नौ महिना हुन लाग्यो जाने अझै केही सुर–सार छैन् ।” उनले अगाडी भने “मैले यहाँ बैँकको ब्याज तिरेको छु, उता जापानको स्कुलले ब्याज पाएको छ ।”
यो सम्बन्धमा शैक्षिक परामर्शदाताहरु संग थप कुरा बुझ्दा उनीहरुले यस्तो परिस्थतीको कल्पना समेत नगरेको बताउँछन् र ब्याज तिर्न गा¥हो भएपनि अभिभावकले पठाएका शुल्क डुब्ने सम्भावना नरहेको दावी गर्छन् ।
बुटवल स्थित क्वाण्टम अब्रोड स्ट्डीजकी सिइओ विद्या लक्ष्मी मालाकारले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरु अहिलेको विषम परिस्थितीमा धैर्य नगुमाई सम्बन्धित देशको इमिग्रेशनको निर्णय कुरेर वस्नु वाहेकको विकल्प नभएको बताउछिन ।
लकडाउन खुकुलो भएपछि अप्रिल महिनामा रोकिएको एनओसी जुलाईको मध्यतिर पुनः सुचारु भयो तर शिक्षा मन्त्रालयले समय अनुकुल नभइञ्जेल विदेशको कुनैपनि कलेज वा विश्वविद्यालयमा रकम नपठाउन आग्रह गरेको छ ।
“हामीले विद्यार्थी तथा तिनका अभिभावकहरुलाई आईपर्ने समस्याबाट सजग गराउन खोजेका हौ । विदेशमा विचल्ली परेको देख्न चाहन्नौ, यो उहाँहरुले आफैपनि बुझ्ने कुरा हो ।” शिक्षा मन्त्रालयका सचिव बालकृष्ण चापागाईले बताए ।
जापान जानलाई एक वर्ष भाषा पढी जापानीज भाषाको परीक्षा पास गरेर बसेकी मिना चौधरीको गुनासो फेरी अर्कै छ । उनले आफ्नो पिडा यसरी सुनाउछिन “म त ब्याचलरको पढाई बीचमै छोडेर जापानको तयारीमा लागे अहिले न यताको भए न उताको, घरमा पनि गाली खाने काम मात्रै भएको छ ।”
उनी एक प्रतिनिधी पात्र मात्र हुन उनी जस्तै हजारौ विद्यार्थीहरु अष्ट्रेलिया, जापान, अमेरिका लगायतका मुलुकहरुका लागि आवश्यक पर्ने भाषा परीक्षा पास गरी आवश्यक तयारी गरेर बसेका छन् । तर अझै केही टुंगो लाग्न सकेको छैन् ।
कोरोना भाइरसको महामारीका कारण अष्ट्रेलिया लगायतका केही मुलुकले विदेशी विद्यार्थीहरुलाई सन् २०२१ सम्मलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ ।
सात समुद्रपारी मात्रै होईन छिमेकी राष्ट्र भारतमा पढ्न गएका नेपाली विद्यार्थी समेत मारमा परेको देखिन्छ । लकडाउन शुरु भएपछि अधिकाँश विद्यार्थी नेपाल फर्केका छन् ।
वर्षेनी हजारौको संख्यामा नेपाली विद्यार्थीहरु फार्मेसी, नर्सिंग, इन्जिनियरिंग लगायतका कोर्षको लागि भारतको विभिन्न विश्वविद्यालयमा जाने गरेको छन् ।
कलेज जानु भन्दा पहिलेनै यतैबाट कलेज र होस्टेल शुल्क वुझाउनु पर्ने नियम छ । कोरोना संक्रमण बढ्दै गएपछि भारतमा लकडाउन शुरुभयो, उता कलेजहरुले होस्टेल वापत लिएका शुल्क पनि फिर्ता गर्न मानेनन् ।
दुई वर्ष अघि भारतको बेङ्गलोरमा छोरीलाई नर्सिंग पढ्न पठाएका अभिभावक सुरेश शर्माले गुनासो गर्दै भने “तेश्रो वर्षको होस्टेल र टयुशन् फी गरेर एक लाख नब्बे हजार पठाएको थिए, पढाई शुरु भएको केही दिनमै लकडाउन भएर कलेज बन्द भएपछि छोरी घर फर्की तरपनि होस्टेलको फी फिर्ता गरेनन् ।”
यो समस्या नेपालमा मात्रै सिमित नभएर विदेशमा रहेका नेपाली विद्यार्थीहरु समेत प्रभावित भएको पाइएको छ । विदेशी विद्यालयहरुले आफुले पाउनुपर्ने शुल्क समयमा नदिए कलेजबाट निष्कासन गर्न सक्ने पटक–पटक धम्की दिने गरेको दुखेसो पोख्छन अष्ट्रेलियाको सिड्नी स्थित सिड्नी कलेजमा अध्ययनरत विद्यार्थीहरु । हामीले यस विषयमा थप कुरा प्रष्ट हुन शैक्षिक परामर्शदाताहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे संग कुराकानी गर्दा उनले भने “विदेशका प्रायः सबै कलेजहरुसंग हामी निरन्तर सम्पर्कमा छौ, त्यहाँ भएका विद्यार्थीहरुको समस्या प्रति सजग र गम्भिर छौ ।” उनी अगाड़ी भन्छन “हामीले समस्यामा परेका विद्यार्थीहरुको अभिभावक संग सम्पर्क गरेर उद्धार कार्यमा समेत सहयोग गरेका छौ ।” नेपाल स्थित जापानी दुतावासले इलिजिबिलिटी लिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरी अक्टोबर पहिलो साता देखि भिषा प्रक्रियालाई खुकुलो बनाएको भएपनि जापानले विदेशी विद्यार्थीहरुको हकमा आवास सम्बन्धि कड़ा नियम बनाएको छ । त्यहाँको स्थानिय सरकारले भनेकै होटलमा कम्तिमा पन्ध्र दिनको क्वारेन्टाईन वस्नुपर्ने व्यवस्था गरेको छ जसअनुरुप नेपाली विद्यार्थीहरुको दुई लाख जापानीज येन अतिरिक्त खर्च हुने देखिन्छ ।
जापानीज भाषाको स्कुलले पनि आफुहरुलाई सहयोग नगरेको गुनासो गर्छन बानेश्वर स्थित यासासिशा जापानिज ल्याङ्घवेज स्कुलका संचालक महेन्द्र मर्हजनले उनी भन्छन् जापानको भाषा स्कुलहरुले अनलाईन शिक्षाको नाममा विद्यार्थीिहरुलाई लाखौ रुपैया दिन वाध्य बनाएको छ । जापानिज स्कुलले सहयोग नगरेको गुनासोमा जापानको ओसाकामा अवस्थित जापानिज ल्याङ्घवेज एकेडेमीका प्रिन्सिपल यामामोतो भने सहमत छैनन् उनी भन्छन हामीले सरकारको निर्देशन मात्रै पालना गरेका हौ ।

Leave A Reply

Your email address will not be published.