
शहबाज खान/कपिलवस्तु
भारतका प्रसिद्ध कवि जामिया इस्लामिया का प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखा का पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भयेका प्रोफेसर शहर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालय मा संघका पदाधिकारी हरु ले दोसल्ला ओढाई सम्मानित गरेका छन।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी ले नेपाल मा बोलिने उर्दु भाषा को स्थिती को बारे मा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषा को संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए।

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणना को कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्ने अनुरोध गरे। मदरसाहरुलाई उर्दु भाषा संरक्षण दिनमा अहम भूमिका समेत रहेको बताउदै भारतको मदरसा शिक्षा परिषदले मान्यता दिएको मोलवी , आलिम डिग्री लाई नेपाल सरकारले समकक्षता दिएको साथै उर्दू भाषा लाई नेपालमा सम्मान का साथ अग्रता दिदै तराई क्षेत्रका अधिकांश कार्यलयहरुमा बोल्ने भाषा को रुपमा परिचित रहेको प्रोफेसर खां लाई बताउनु भयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम खां ले उच्च शिक्षा अलिगढ मुस्लिम यूनिवर्सिटी बांट शिक्षा हासिल गरेको कुरा थाहा पाउदा भारत बांट आएका प्रोफेसर खां ले वितरण केन्द्र कृष्णनगर प्रमुख खां लाई दोसल्ला ओढ़ाई सम्मान दिदै पुनः एक पटक हाम्रो विश्वविद्यालयमा घुम्न आउन आग्रह गर्दै उर्दु भाषाको संरक्षण सम्बर्धनका लागि हुन सक्ने यथा शक्ति सहयोग आफूहरु गर्न सधै तयार रहेको बताउनु भयो। सो अवशरमा कवि जाहिद आजाद झण्डानगरी र अनवार अहमदले आफ्नो कविता वाचन गरेर उपस्थित सबै लाई मुग्ध बनाए।
उक्त सम्मानमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की सदस्य नियाज़ अहमद, तारिक रियाज,अब्दुल नूर,युवा नेता जुम्मन खां,मन्जुर अहमद मुजिबुल रहमान शाह लगायत उर्दु भाषा प्रेमीहरुको उपस्थिति रहेको थियो।

