तिलाठी कोइलाडीमा आगलागी चार घर जलेर नष्ट,एकजना गम्भीर ।

0
Quantam abroad studies

चैत्र-४ -राजविराज ,सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.५ को हरिकिशुन खङ्ग्को घरमा ग्यासको निपुल लिकेज हुँदा आगलागीमा परि चार घर जलेर नष्ट भएका छ्न।

आज राती लगभग ९ बजेको समयमा सो वडा बस्ने खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भएर खंग सहित रामचन्द्र खंग,नकछेदी खंगको तिनवटा घरमुलीको चार घर जलेर नष्ट भएको हो भने हरिकिशुन खंग गम्भीर घाइते भएको वडा अध्यक्ष राजेन्द्र साहले जानकारी दिए।

sahani furniture udyog

आगोमा परि गम्भीर घाइते भएका हरिकिशुन खंगलाई उपचारकाको लागि तिलाठी कोइलाडी गाउँ पलिकाको एमबुलेसनबाट गा.पा अध्यक्ष शतिष सिंहले राजबिराज लगिएका छ्न।घरभित्र रहेका सम्पुर्ण लत्ताकपडा,सरसामानहरु जलेर नष्ट भएको छ।लगभग ६० देखी ७० लाख बराबरको छती भएको अनुमान गरिएको छ।

समयमै घटनास्थलमा राजविराज र हनुमाननगरबाट गएको वारुण यंत्र , बर्साइन प्रहरी चौकी ,हनुमाननगर नगरको सशस्त्र प्रहरी बलको टोली र बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोलि तथा ग्रामवासीहरुले नियन्त्रणमा लिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.