खुल्ला नकआउट फुटवल प्रतियोगितामा देउराली फोर ब्रर्दस बिजयी

0
Quantam abroad studies

उर्मिला यादव यात्री , चैत ४
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा बुधबार भएको पहिलो चरणको खेलमा देउराली फोर ब्रर्दस बिजयी भएको छ । बुधबार देउराली फोर ब्रर्दस र मायादेवी युथ क्लब देवदह विचको खेलमा देउराली फोर ब्रर्दसले ३ गोल गर्दै जित हात पारेको छ ।

sahani furniture udyog

प्रतियोगितामा मायादेवी युथ क्लब देवदहले १ गोल गरेको थियो भने देउराली फोर ब्रर्दसले ३ गोल गर्दै जित हासिल गरेको हो। यस्तै गरी बिहीबार दोस्रो चरणको खेल अन्तर्गत मोनस्टार गाइज सुनवल र सनराइज बडेरा बिच हुने आयोजकले जनाएको छ । यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.