प्रेस चौतारी नेपाल शाखा सप्तरीको भेला चैत्र १४ गते हुने

0
Quantam abroad studies

चैत्र ४ , राजविराज , सप्तरी
प्रेस चौतारी ब्युतिएपछी शाखा सप्तरीले यहीँ चैत्र १४ गते राजविराज स्थित अनुप धर्मशालामा संगठनको भेला आयोजना गरेका छ्न।

चौतारीको शाखा सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा आज बसेको बैठकले अगामी कार्यकर्ता भेलाb लगायत पत्रकार महासंघको अगामि निर्वाचन सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरु र धारणा सार्वजनिक गर्न भेला आयोजना गरेका हुन। बिज्ञप्तीमा भनिएको छ:प्रेस चौतारी, नेपाल सप्तरी शाखाका अध्यक्ष खगेन्द्र कार्की को अध्यक्षतामा ०७७ चैत ४ गते राजविराजमा सम्पन्न वैठकले गरेका निर्णयहरु र धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

sahani furniture udyog

आदरणीय एव्म सहकर्मी पत्रकार साथीहरु,
खर्चिलो र भड्किलो तरिकाले हुदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निष्कर्ष निकाल्दै पहिलो पटक तीनवटै तहको एकैचोटी प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुन गइरहेको विदितै छ ।
महासंघको केन्द्र, प्रदेश र सम्पूर्ण शाखाहरुको चुनाबको मिति ०७७ चैत २५ गते तोकिदै गर्दा सप्तरीमा पनि विभिन्न पत्रकार साथीहरुले आ–आफ्ना इच्छा र धारणाहरु सार्बजनिक गरिराख्नु भएको छ । विभिन्न संगठन र समूहबाट अध्यक्ष र विभिन्न पदका लागि उम्मेदवारीको इच्छा गरिरहदा एकलौटी कोही बहुमतमा नरहेको र तालमेल गर्नु पर्ने अवस्था देखिएको छ ।

तालमेल गरेर दुई वा त्यो भन्दा बढी समूह बनाएर चुनावमा जानु भनेको एउटाको जित र अन्यको हार हुने हुँदा त्यसले समग्र पत्रकारीताको एकताको हार हुने र सुमधुर सम्वन्धमा समेत खलल पुग्ने गरेको तितो यथार्थ हामिसँग छ । यसले फेरी पनि निर्वाचन भडकिलो र खर्चिलो हुने र पेशागत मर्यादामा समेत ह्रास पु¥याउने भएकाले सबै संगठन र समूहबीच तालेमल भएर एउटै समूह बनाउन सके सर्वोत्तम हुने हाम्रो संगठनको धारणा छ ।

पत्रकार महासंघमा आवद्ध एउटै घरको परिवारका सदस्य भएको नाताले र महासंघलाई साझा संस्थाका रुपमा स्थापित गर्न सप्तरी जिल्लाको गौरवमय इतिहासलाई स्मरण गर्दै एकतालाई सुमधुर कायम राख्न, फरक–फरक धारमा आस्था र विश्वास राख्ने वा स्वतन्त्र रहने साथीहरुबीच एकता र आपसी मेलमिलापको सन्देश दिन महासंघलाई साझा स्वरुप दिन आवश्यक रहेको ठहर गर्दछौ । 

सांगठनिक रुपमा जो जे भए पनि हाम्रो पेशा, समस्या र चुनौती एउटै भएकाले जो कोही समस्यामा पर्दा र आवश्यक्ता हुँदा हामि एकताबद्ध हुँदै आएका छौ । तसर्थ हाम्रो संगठन अन्तिम सम्म पनि सहमति सहकार्य र एकतावाटै सम्पूर्ण पत्रकारको जित र हित हुने ठहरका साथ सहमतिय प्रणालीवाटै अगाडी बढ्न र महासंघलाई साझा स्वरुप दिनु पर्दछ भन्नेमा जोड दिन्छ । यसका लागि विभिन्न संगठनको नेतृत्व वर्ग र अग्रज पत्रकारहरुलाई पहल लिन हार्दिक अनुरोध गर्दछौ ।

पहलका बावजुद निर्वाचनमै जाने स्थिती भए पनि त्यसलाई लोकतान्त्रिक विधी मान्दै साझा, समावेशी, क्रियाशील संगठन र पत्रकारहरुको प्रतिनिधीत्व हुने गरी महासंघमा सबैको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व गर्न सफलता मिलोस भनेर शुभकामना व्यक्त गर्दछौ ।

प्रेस चौतारी नेपाल एकताबद्ध भएर प्रेस संगठन बनेपछि निष्क्रिय बनेको संगठन पुनः प्रेस चौतारीका रुपमा ब्युँतिए पछि प्रेस चौतारी क्रियाशील र सञ्चालनमा आएको जानकारी गराउँदै चौतारीमा आबद्ध अग्रज, सहकर्मी साथीहरुलाई संगठित हुन आग्रह गर्दछौ । प्रेस चौतारी नेपाल, सप्तरी शाखालाई पुनगर्ठन र व्यवस्थित गर्न आगामी चैत १४ गते राजविराजमा जिल्ला भेला राखिएको हुँदा सम्बद्ध साथीहरुलाई सम्पर्कका लागि निमन्त्रण समेत गर्दछौ ।
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.