

शहबाज खान, चैत ७, कपिलवस्तु ।
जिल्ला को कपिलवस्तु विजयनगर गाउँपालिका विकासमा निकै पछाडि परेको गाउँपालिकाले अहिले विकासको गति लिएको छ ।
विकासको गतिको साथ साथै सड़क निर्माण कार्यमा अनियमितता पनि त्यति नै गतिमा गरिएको स्थानिय जनताहरुको गुनासो रहेको छ ।
भौतिक पूर्वाधार विकास मंत्रालय यातायात पूर्वाधार निर्देशालय सड़क पूर्वाधार विकास कार्यलय रुपन्देही को योजनामा विजयनगर गाउंपालिका पहुंच मार्ग कपिलवस्तु निर्माण योजना २०७७/०८/१० गते जलजला निर्माण सेवा प्रा.लि.घोराही ११दाङ्ग ले रु. ७४३०२९४१/७६ (भ्याट सहित) ठेक्का IDORUP/KAP/1013 /NCB/076-77/69 नं.को समझौता गरी निर्माण कार्य शुरु गरेको हाे।
सड़क निर्माण काममा माटो पटानको कार्य तीव्र गतिमा गरि रहेकाे छ । तर ठेकेदारले मनमानी ढंगले किसानहरुले लगाएको बाली सहित माटो जेसीबी मेशिनद्वारा खनेर माटो पटान गरेपछि स्थानिय किसानहरु ले त्यो अनियमितताको विरोध गर्दै गर्दा पनि ठेकेदारले आफ्नो मनमानी ढंगले डालपुर देखि छुटपाटी, उज्जरपुर, फरेनीसम्म माटो पटान गरेको छ।

बाहिर बाट माटो ल्याएर सड़क पटान गर्ने ठाउमा ठेकेदारले किसानको खेत बाली खनेर माटो पटान गरेको छ र साेझै किसानहरू काे नाेक्सानी पुर्याएकाे छ। ठेकेदारले यसरी किसानहरूमाथि गरेको मनमानीको बिषयमा उक्त मंत्रालयका सब इंजीनियर (साइट इन्चार्ज) नेवल चौधरी सँग बुझ्न खोज्दा वहाँले गाउको मान्छेलाई राखेर त्यहीँ बाट माटो ल्याउनुस बिक्री गरेर दिए छन्।गाउँको मान्छेलाई पैसा दिएर माटो निकाले को ठेकेदारले मलाई जानकारी गराएको भनेका छन् ।
सड़कको किनारा बाट माटो निकाल्न मिल्छ प्रश्न गर्दा चाैधरीले जवाब दिदै भने कि – मिल्छ कि मिल्दैन मलाई थाहा छैन अब हामीले त्यो कुरा तिर बढ़ी ध्यान दिदैनौ किनभने गाउको मान्छेले पैसा लिएर दिएको त्यसमा कुनै दोमत छैन अनि त्यो बांटो ७ मीटरको फोरमेशन हो ७ मीटर फोरमेशन भए पछि उसले आकाश बाट झारोस कि पतालबाट ल्याओस हामी लाई मतलब हुदैन।
पैसा लिएर माटो बेचेको बिषयमा बुझ्दा – हामी लाई एक सुका पनि ठेकेदारले दिएको छैन न त हामीले माटो बेचेको छु ठेकेदारले कुनै किसानसँग केही पनि न सोधेको आफ्नो मनमानीढंगले बाली सहित माटो खनेर सड़क पटान गरेको छ। र हामीहरुको घर अगाडी गहिरो गहिरो खल्डो खनी दिएकाे छ । बर्षायाममा पानी भरिसके पछि अाफ्ना बच्चाहरुको लागि खतरा समेत रहेको स्थानियले बताए का छन्।
जलजला निर्माण सेवाले किसानहरुको बाली सहित माटो सड़कको किनाराबाट खनेर ठूलो नोक्सानी पुराएको बारेमा विजयनगर गाउंपालिका अध्यक्ष गोपाल थापा सँग कुरा गर्दा उनले भने कि – मैले खबर पाउने बित्तीकै खनन काम रोकाई सकेकाेछु र खनिसकेको खाडल पुनः पटान गर्नाको लागि सम्बन्धित ठेकेदारलाई भनिसकेकाे छु।
अब यहा प्रश्न उठछ कि जब ठेकेदारले डालपुर देखि छुटपाटी उज्जरपुर हुदै फरेनीसम्म बाली सहित माटो खनेर लगभग लगभग माटो काम खतम गरि सके पछि काम रोकाएर के मतलब ? किसानहरुको त ठूलो नोक्सानि भइ सक्यो अब नोक्सानिको क्षतिपूर्ति.कसले भर्छ ..? जि्म्मेवार निकायले गम्भीररूपमा ध्यान दिनुपर्ने देखिन्छ ।
