कम्युनिष्ठ पार्टिले देशमा ठुलो संकट निम्तिएको पुर्व अर्थमन्त्री महतको भनाइ

0
Quantam abroad studies

उर्मिला यादव यात्री, चैत ७, रुपन्देही ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्ठ पार्टिले देशमा ठुलो संकट निम्तिएको बताउनु भएको छ ।

नेपाली कांग्रेस सिद्धार्थ नगर ले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । पुर्व अर्थ मन्त्री महतले देशमा कम्युनिष्ठ सरकार भएकोले धेरै गलत कामहरु हुनुका साथै जहातही भ्रष्टाचार चुलिएको आरोप समेत लगाउनु भएको छ । देशमा तीन तहको सरकार भएको र यो तिन तह भित्र जुन प्रकारको समन्वय हुनु पर्ने हो त्यो नभएको बताउदै आगामी दिनमा तीन तहको सरकारले दिएको माइन्डेड अनुसार काम गर्न सक्ने क्षमताको सबै तहमा तयारी र राम्रो संग समन्वय हुनुपर्नेमा जोड दिनु भएको छ ।

sahani furniture udyog

उहाले एक अर्काको बिचमा ओभर ल्यान्डिंग र डुब्लिकेशन भए हटाउनु पर्ने बताउनु भएको छ। कार्यक्रममा बोल्दै महत ले स्थानिय र प्रदेश तहका कतिपय जिम्मेवारीमा केन्द्रले हस्तक्षेप गर्दै आएको र यो संबिधान अन्र्तगत हित बिपरित भएको बताउनु भएको छ। उहाले कम्युनिष्ठ सरकारले गर्दा नै राजनितिक उथलपुथल र देशमा ठुलो संकट आएको दोहराउनु भयो । उहाले अमेरिका सरकारले एमसीसी सम्झौता गरी बिद्युतीय क्षेत्र लगायत यातायात को क्षेत्रको बिकासमा सहयोग गर्न खोजेको तर अमेरिकाको सहयोग नचाहिने भन्दै गलत आरोप लगाउदै त्यो सम्झौता पनि रोकिएको गुनासो गर्नु भएको थियो ।

नेपालको इतिहासमा, राजनितिक लगायत लोकतन्त्रको आन्दोलन होस चाहे सशस्त्र आन्दोलन होस चाहे शान्तिपुर्ण आन्दोलन होस त्यो सबैको नेतृत्व जहिले पनि कांग्रेसले नै गर्दै आएको बताउनु भएको छ। उहाले २००७, २०४६ २०६२, ६३ सालको जनआन्दोलन सबैमा कांग्रेसले नै नेतृत्व गरेको जोड दिनु भयो । उहाले देशको आधुनिकीकरण लगायत देशको आर्थिक ब्यवस्था परिर्वतन , ब्यवसायिक क्षेत्र , शैक्षिक क्षेत्र लगायत सरकारी , गैरसरकारी निती, बैदेशिक लगानी बढाउनु पर्ने जस्ता सहि निती कांग्रेसले नै ल्याएको ठोकुवा गर्नु भयो ।

कार्यक्रममा बोल्दै महतले कांग्रेसले नै गर्दा राज्यको आम्दानी बढेको समेत बताउनु भएको छ । उहाले सामाजिक , आर्थिक , स्वास्थ्य , शिक्षा , जिवनस्तर सुधार लगायत उद्योग धन्दाको बृद्धि ,रोजगारी क्षेत्रमा सुधार कांग्रेस ले नै गर्दा भएको जोड दिनु भयो । उहाले देशमा जातिय एकता, जातिय सदभाव, समानता, लगायत भेदभाव र छुवाछुतको अन्त्य गर्न सबैको अधिकार बराबर हो भन्ने कुराको सुरुवात पनि कांग्रेसले नै गरेको जिकिर गर्नु भयो ।

उहाले गत चुनावमा कांग्रेस पछाडि परेपनि कांग्रेस सत्तामा नआउदा जनता पनि निरास भएको बताउदै कम्युनिष्ठलाई भोट दिएर जनता अहिले पश्चातापमा रहेको सुनाउनु भयो । उहाले कांग्रेसमा भएका कमी कमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा अगाडी बढनुपर्नेमा जोड दिनु भएको छ । सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ८ का सभापति टंक प्रसाद ज्ञवालीको अध्यक्षता , केदार बहादुर कणेलको आयोजना तथा नेपाली कांग्रेसका मधु सुधन पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.