निशुल्क आयुर्वेद स्वास्थ्य शिविर खप्तड छान्नामा सञ्चालन

0
Quantam abroad studies

उत्तम कुमार थापा, चैत ७, बझाङ ।

जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

गाउँपालीका काे वडा नम्बर ४ पशलवगर स्वास्थ्य चाैकीमा एक दिने आयर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको हाे । जिल्लामा रहेकाे आयुर्वेद कार्यालयद्वारा गाउँपालीकामा रहेका विरामीहरुकाे उपचारका लागि शिविर सञ्चालन गरिएको थियाे ।

sahani furniture udyog

एक कार्यक्रमका विच जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डाक्टर सुर्य उपाध्यायको अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकाया बिशिस्ट अतिथि वडा नम्बर ४ का बडा अध्यक्ष भिम बहादुर राेकाया बिशिस्ट अतिथि नागरिक समाज जिल्ला अध्यक्ष धर्मजङ्ग बहादुर सिह, छान्ना स्वास्थ्य प्रमुख लगाएत जनसमुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

जिल्ला आयुर्वेद कार्यालय बझाङ काे आयाेजनामा सञ्चालन भएको एक दिने शिविरमा गाउँपालीकाका बाथ राेग , दम हाड जाेर्नि दुख्ने , पेट दुख्ने महिलाको तल्लाे पेट दुख्ने देखि विभिन्न किसिमका राेगकाे उपचार गरेको थियाे, उपचारमा निकै अनुभवी डाक्टर सुर्य उपाध्याय, डाक्टर वर्षा पाैडेलले बिरामीलाई चेकजाँच गर्दै उपचार सुरु भएको कर्मचारी राेशित विष्टले बताए।डाक्टरले उपचार गर्ने कार्यक्रममा प्रविधिक बरिस्ठ बैध बविता कुमारी उमा जाेशी, शाह, मिनराज पुरी कृष्ण कडायत बैध छैटौं यज्ञराज खैरले सहयाेग गर्नुभएको हाे ।

खप्तड छान्नामा आयाेजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा गाउँपालीका वडा नम्बर एक देखि ७ सम्मका २५० जनाले सेवा लिएको शिविर निकै प्रभावकारी भएको वैद्य बविता शाहले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.