
प्रतिमा विश्वकर्मा,चैत्र ०७गते कपिलवस्तु
कपिलवस्तुको महराजगंज नगरपालिका वडा न.७ कुशहवामा बिभिन्न कीटजन्य रोगहरुको बारेमा सचेतना मुलक कार्यक्रम आज संपन्न भएको छ ।
समुदायमा रहेका शंकास्पद औलो रोगीको समयमा नै परीक्षण,निदान,उपचार तथा सचेतना अभिवृद्घि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ बिभिन्न कीटजन्य रोगहरु बारे सचेतना मुलक कार्यक्रम आज कुशहवा स्वास्थ्य चौकीको हलमा संपन्न भएको छ ।कुशहवा स्वास्थ्य चौकी का इन्चार्ज टीका पाठकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय कपिलवस्तुका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसिया गर्नु नभएको थियो ।
स्वास्थ्य कार्यलय कपिलवस्तुको आयोजना र स्वास्थ्य कार्यलय कपिलवस्तुका मलेरिया इंस्पेक्टर मोहन शर्मा को सन्चालन, महाराजगंज नगरपालिका वडा न.७ का वडा सदस्य मंगल यादवको अध्यक्षता, उक्त वडाका वडा सचिव राकेश कुमार चौबेको प्रमुख अतिथिय्ता रहेको थियो। उक्त सचेतना कार्यक्रममा स्वास्थ्य कार्यलय कपिलवस्तुका तथ्यांक अधिकृत अनिरुद्ध कुमार श्रीवस्ताव , कुशहवा स्वास्थ्य चौकीका सी.अनमी पूनम विश्वकर्मा , अनमि गीता देबी गुप्ता , अहेवा अब्दुल हकीम , लैब असिस्टेंट बिन्दबासिनी चौधरी,एच् ए अब्दुल्ला कुजडा लगायत महिला स्वास्थ्य स्वय्म् सेबिका, जनप्रतिनिधी,समाजसेबी, शिक्षाक,पत्रकार लगायत ३० जनाको उपास्थिती रहेको थियो ।



