
उत्तम कुमार थापा
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडामा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सञ्चालन भएको छ ।
जिल्लाकाे सदरमुकाम चैपुरमा रहेको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडामा २० जना कृषकहरु लाई बेमौसमी तरकारी खेति सम्वन्धि माघ २६ गते बाट तालिम सञ्चालन गरिएको थियाे ।
बेमौसमी तरकारी खेति सम्वन्धि निड्स नेपालको अायाेजनामा सञ्चालन गरिएको हाे । करिव दुई महिना पछि निड्स नेपालका सचिव वीर बहादुर सिहकाे नेतृत्वमा कार्यक्रम सँयाेजक विनाेद कडारा कर्मचारी शेखर थापाकाे टाेली अनुगमन क्रममा सुवेडा पुग्दा तालिममा सहभागी २० जना कृषक निकै हर्सित हुभुभएकाे हाे । तालिम लिने मध्य ४ जना पुरुष र १६ जना महिला रहेका छन ।

बेमौसमी तरकारी खेति सम्वन्धि तालिम पाएपछि निकै खुसि व्याक्त गर्दै कृषक पशुपति बम्मले भने ,तालिम पाएपछि हामीलाई कृषिमा अझै व्यावसायिक बन्न सफलता मिलेकाे बताउदै अाफुहरुले कृषि पेशा अगाल्ने भन्दै तरकारी खेती सञ्चालन गरिरहेको हुदा अब सहयाेगकाे अपेक्षा गरेकाे उहाले बताउनु भयाे ।
सुवेडामा सञ्चालन गरिएको ३ महिने तालिमले फाईदा र कसरी कृषकले तरकारी फलाउने भन्ने विषयमा प्रशिक्षक रामप्रसाद जाेशि ले भने अाफु लामो समय देखि तरकारी खेति गरिरहेकाे र निड्स नेपालले अझै तालिमको व्यावस्था गरेकाे हुदा खेति सम्वन्धि निकै जानकारी भएको अागामी दिनमा अझै व्यावसायिक बन्ने प्रशिक्षक रामप्रसाद जाेशीले बताए ।


