मायादेवी गाउपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

0
Quantam abroad studies

अजय बर्मा,कपिलबस्तु चैत्र ९
कपिलबस्तुको मायादेवी गाँउपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

मायादेवी गाँउपालिका स्वास्थ्य शाखा को आयोजनामा सोमवार गाउपालिका भवनमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा गाउपालिका उपप्रमुख गीता तिवारी को अध्यक्षतामा , प्रमुख प्रशाशकिय अधिकृत, तथा गाउपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष ,कार्यपालिका सदस्यहरु ,विभिन्न संघसंस्थाका प्रतिनिधि संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई हरनामपुर स्वास्थ्य चौकीका डाक्टर शतिस गुप्ता ले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो ।

sahani furniture udyog

अन्तरकृया कार्याक्रममा मायादेवी गाँउपालिका स्वास्थ्य शाखाको प्रमुख महेन्द्र यादवले यो सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,कयुलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने भन्दै यहि चैत्र २० गते हाती पाइले रोगको खोप खुवाइदैछ, यो मितिमा सबैले खान लाई आग्रह गर्दै भन्नु भयो हाती पाइलेको औषधि खादा कुनै असर नपर्ने भएकाले ढुक्क भएर खान सबैलाई आग्रह गर्नुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.