नेपाल विश्व हिन्दु महासंघ द्वारा आयोजित हिन्दु संस्कृतिक जागरण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलबस्तु , चैत १२
विश्वभारीका हिन्दुहरुलाई एक जुट गर्ने उद्देश्यले स्थापित नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तुमा सक्रिय हुदै गएको छ । सामाजिक , धार्मिक र हिन्दुत्वका लागि कार्य गर्दै आएको नेपाल बिश्व हिन्दु महासंघ कपिलवस्तुमा आफ्नो बैगले पहिचान बनाउन सफल भएको छ । सोही क्रममा बिश्व हिन्दु महासंघले कपिलवस्तुमा हिन्दु संस्कृतिक जागरण कार्यक्रमको आयोजन गरेको थियो। जिल्ला कार्य समिति कपिलवस्तु को आयोजनामा बुद्धभूमि नगरपालिका वार्ड न.७ तकिहवामा सो कार्यक्रम अयोजना गरेको जिल्ला प्रबक्ता लोकराज मिश्रले जानकारी गराउनु भएको छ।

नेपाल बिश्व हिन्दु महासंघ कपिलवस्तुले हिन्दु संस्कृतिक जागरण कार्यक्रमको साथै आफ्नो कार्यकर्तालाई सम्मान पनि गरेको छ । दिनरात संगठनका लागि खटी रहेका कार्यकर्ताहरूलाई सम्मान गरेको जिल्ला प्रबक्ता मोतीलाल मिश्र जानकारी दिनु भएको छ। कार्यकर्ता नै संगठन को ठुलो शक्ति हो र कार्यकर्ता नरहे संगठनले कुनै काम गर्न सक्दैन प्रबक्ता मिश्रले बताए।

हिन्दु देशको रुपमा चिनिने एक मात्र देश नेपाल थियो तर राजनीतिक भागबन्डाका कारण हिन्दु धर्म हटाएर धर्म निरपेक्ष भएको जिल्ला अध्यक्ष उदयभान यादवले दाबी गरेका हुन । हाल देशको अवस्था हेर्दा निकै नै दयनीय हुन गएको छ उनले भन्नु भयो। आब देशभरीका हिन्दुहरु एक जुट हुनु पर्ने उनले बताए। सनातन बैदिक धर्म हिन्दू ले सबै संग सहयोग , सहकार्य , सम्मान राख्ने भनी सिकाएको छ तर समय परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्न सक्नु पर्छ अध्यक्ष यादवले बताउनु भयो।

कपिलबस्तु कार्य समिति ले आज सम्म गरेको कार्य सहरानीय र प्रसंसायोग रहेको कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल बिश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादवले बताउनु भएको छ। कार्य समिति कपिलबस्तु ले दशै, बिजय दशमी, छठ पर्व एवम अन्य सामाजिक कार्य र प्रयास उदाहरणीय रहेको उनले बताए । नेपाल विश्व हिन्दू महासंघले बिश्वभरीका हिन्दूहरूलाई एक साथ जोडन कार्य गरेको महासचिव यादवले बताउनु भयो। सम्पूर्ण हिन्दूहरू एकजुट भई हिन्दुत्वका साथ अगड़ी बढ़ने उनले बताए। साथै हाम्रो संस्कृति, संस्कार , चालचलन , रीतिरिवाजलाई सुरक्षा संरक्षणका लागि सबैलाई जगुरक गर्नु पर्ने बताए। बिहान र साझको समयमा सम्पूर्ण हिन्दूहरूले एकबद्धता जनाउनको लागि जय श्री राम को नारा को जयघोष लगाउन महासचिव यादवले आग्रह गर्नु भयो ।

सो कार्यक्रममा बिभिन्न वार्डका वडा अध्यक्षहरु, नेपाल बिश्व हिन्दु महासंघ कपिलवस्तुका सुकदेव प्रसाद यादव, सुर्यनाथ चौधरी, बरसाती यादव ,टोमनाथ चौधरी , सन्तमिलन सिंह , राम अधीन यादव , बंशि यादव र राम निवास चौधरी लगायत प्रदेश कार्य समिति, जिल्ला कार्य समिति ,नगर समिति र गाउ समितिका पदाधिकारीहरूको सहभगिता रहेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.