
उत्तम कुमार थापा बझाङ
बृहत पाेषण विशेष कार्यक्रम सम्वन्धि तालिम सुरु भएको छ । जिल्लाकाे वित्थडचिर गाउँपालीकामा अाज बाट बृहत् पाेषण तालिम सुरु भएको हाे । गाउँपालीकामा रहेका सबै स्वास्थ्यकर्मीहरुलाई आज बाट ७ दिने तालिम दिएको हाे ।

वित्थडचिर गाउँपालीका स्वास्थ्य शाखाकाे अायाेजनामा पाेषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरु लाई तालिम दिदै, गाउँघरमा रहेका कुपाेषित बालबालिकाहरुलाई राम्रो बनाउनकाे लागि यस्तो कार्यक्रमकाे अायाेजना गरिएको शाखा प्रमुख हरि अवस्थीले बताए । उनले भने स्थानीय सरकार र स्वास्थ्य शाखाले गाउँपालीकामा कुपोषण नहुन दिन यस्तो कार्यक्रमकाे अायाेजना गरिएको र अागामी दिनमा स्वास्थ्य स्वयंसेवीका सँगै जनसमुदायहरुमा कार्यक्रम निकै प्रभावकारी हुने उहाँको भनाइ छ ।
वित्थडचिर गाउँपालीकाकाे अायाेजनामा हुने तालिम भने ,वित्थडचिर गाउँपालीका अध्यक्ष प्रेम बहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जाेशी लगाएत गाउँपालीका भरिका सबै स्वास्थ्यकर्मी पत्रकार रहनुभएकाे थियाे । तालिमले सबै गाउँघरमा गएर कुपोषण भएका व्यातिलाई पाेषण खुवाउने गाउँघरमा भएका सबै स्वास्थ्य सम्वन्धि समस्याको समाधान गर्ने वित्थडचिर गाउँपालीका स्वास्थ्य शाखा प्रमुख हरिभक्त अवस्थिले बताए ।


