कपिलवस्तु प्रहरीद्धारा कर्तव्य ज्यान मुद्धामा जन्मकैद ठहर भाई फरार असलम मुसलमानलाई १२ बर्षपछि पक्राउ

शत्रुघन खरविन्द, कपिलवस्तु , चैत २६
कर्तव्य ज्यान मुद्धामा जन्मकैद ठहर भएका फरार प्रतिवादी यशोधराको मर्यादपुरबाट १२ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको साविक जवाभारी गा.बि.स.वडा नं.२ हाल शिवराज नगरपालिका वडा नम्बर ७ जवाभारी बस्ने अब्दुल रहिमको छोरा बर्ष ४० को असलम मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जनकारी दिनुभएको छ ।
साविक शिवपुर गा.बि.स. वार्ड नम्बर ५ बस्ने बर्ष ४२ को बिश्वनाथ यादवलाई साविक बिसनपुर गा.बि.स. वडा नम्बर २ बस्ने चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेष,असलम मुसलमान समेतका ११ जानको समुह ले घरमा गई तपाँई सँग केही सल्लाह छ भनि बोलाई पिडितको घरदेखि पुर्वको बाटो चोकमा लगि विश्ननाथ यादवलाई वि.स. २०६५साउन १४ गते घाटी र दाहिने छातिको माथिल्लो भागमा गोली हानी हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्धामा संलग्न रही हालसम्म फरार रहेका असलम मुसलमानलाई चैत २५ गते राती ८ बजे विशेष सुरकीको आधारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी सहिताको टोलीले १२ बर्ष देखि फरार रहेका असलम मुसलमानलाई पक्राउ गरेको हो ।

असलम मुसलमानलाई कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरबाट पक्राउ गरिएको हो भण्डारी ले बताउनु भयो । पक्राउ परेका मुसलमानलाई जिल्ला अदालत कपिलवस्तुमा पेश गारी करागार चालन गर्ने गृहकार्य भाइरहेको पत्रकार सम्मेलन गरी जनकारी गराईएको हो । कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कपिलवस्तु बाट मिति २०६९ जेठ २ गते को फैसलाले सर्वस्वसहित असलम मुसलमानलाई जन्मकैद ठहर गरेको थियो ।
त्यसै गरी अन्य मुद्दाहरुमा फरार रहेकाहरुको लिष्ट आउट गरी कानुनको कठघरामा ल्याउने कुरा प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।


