निर्वाचित पदाधिकारीलाई सफत ग्रहण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
नेपाल पत्रकार महासँघ बझाङ शाखाकाे सफत ग्रहण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासँघकाे २६ अाैँ महाधिवेशन बाट जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । यहि २५ गते सम्पन्न भएको निर्वाचनमा सयुक्त प्यानल विजयी भए पछि अाज नव निर्वाचित पदाधिकारीहरुलाई सफतग्रहण कार्यक्रम गरिएको हाे ।

अाज एक अनाैपचारीक कार्यक्रमका विच हाेटेल हाेलिडे ईनकाे सभाहलमा अध्यक्ष शैलेन्द्र राेकाया सहित निर्वाचित सबै पदाधिकारीहरुले सफत लिएको थियाे।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी डिएसपी रुपक खड्का राष्ट्रिय प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र थापा नेपाल पत्रकार महासँघका निवर्तमान अध्यक्ष जगदीश राेकाया, अकाेरावका सुदुरपश्चिम अध्यक्ष जगत खड्का निर्वाचन सँयाेजक धनबहादुर खड्का लगाएत सबै पत्रकारहरु रहेका थिए ।

निर्वाचन सँयाेजक खड्काले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र दिएका थिए भने प्रमुख जिल्ला अधिकारी ले खादा ले सम्मान गरेका हुन । त्यसै कार्यक्रम पछि सुरक्षामा राम्रो भुमिका खेलेको भन्दै नेपाल पत्रकार महासँघ शाखा ले डिएसपी खड्कालाई सम्पन्न गर्नुभएको थियाे । सफत ग्रहण कार्यक्रम पछि पत्रकार महासँघकाे पहिलो बैठकले विभिन्न निर्णय गरेका छन ।
१. नरेस स्मृति पत्रकारिता पुरुस्कारको सुरुवात र छनौट समिती गठन गरेकाे छ ।
२. पत्रकारलाइ दुर्घटना , बिपत्तिमा सहयोग गर्न पत्रकार कल्याणकारी हित कोषको स्थापना गरेकाे छ । भने पत्रकार कल्याणकारी काेषमा प्रत्येक पत्रकारले अाफ्नाे जन्मदिनमा एक हजार जम्मा गर्ने निर्णय गरेकाे हाे ।

sahani furniture udyog

नेपाल पत्रकार महासँघ बझाङ शाखाकाे पहिलाे बैठकमा पिडित पत्रकारलाई सहयाेग गर्ने भन्दै,काेष स्थापना गरेपछि अकाेरावका सुदुरपश्चिम अध्यक्ष जगत खड्काले पाच हजर पत्रकार बिष्णु खड्काले पाँच हजा ,, शैलेन्द्र राेकाया ले तीन हजार , निरनराम जाेशीले दुई हजार,विना राेकाया जाेशील दुई हजार दिनेश बाेहराले दुई हजार , पत्रकार उत्तम कुमार थापाले दुई हजार ,अाषिस सिहले पन्ध सय ,अशाेक खड्काले पन्ध सय , प्रदिप मलासी ले पन्ध सय , विर्ख बाेहराले पन्ध सय,ललित सिहले पन्ध सय,शुभाष कठायतले पच्चीस सय ,झलक सिहले पन्ध सय,रमानन्द जाेशीले दुई हजार पत्रकारको कल्याणकारी काेषमा सहयाेग गर्नुभएको हाे ।

आज मात्र जम्मा ३५ हजार ५ सय जम्मा भएको छ । सबै पत्रकारहरुलाई जम्मा गर्न अनुराेध गरिएको हाे । नेपाल पत्रकार महासँघ बझाङ शाखा नयाँ पुष्तालाई हस्तान्तरण गरिएको बताउदै पत्रकार जगत खड्काले भने तपाईंको नेतृत्वले केही नयाँ काम गर्ने अाशा रहेकाे बताउदै सबैलाई बधाई दिनुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.