
—लोकनारायण सुबेदी
बिश्वमा बढ्दो भयाबह कोरोना महामारीका कारण आज बिश्व भरीनै यसले उत्पन्न गरेको चूनौति र भबिष्य मा आउन सक्ने यस्तै प्रकृतिका महामारी बाट कसरी जोगिन सकिन्छ भन्ने बिषयहरुमा बिचार बिमर्श चलिरहेका छन् ।
यसै क्रममा केही दिन पहिला बिश्व स्वास्थ्य सुरक्षासँग सम्वन्धित यस्तै बिषयमा एउटा निकै महत्वपूर्ण र गम्भीर चर्चा चल्यो । त्यसमा बिश्वका २५ सरकारी तथा अन्तर्राट्रिय एजेन्सीहरुका प्रमुखहरु एउटा संयुक्त मोबाइल कलमा एकसाथ जम्मा भएर अन्तर्राष्ट्रिय समुदायको महामारी रोकथाम र उपचार सम्वन्धि तयारीका बारेमा निकै महत्वपूर्ण बिचार बिमर्श गरेका थिए । भनिदै छ कि यस बिषयमा प्रस्ताबित सन्धिले भबिष्यमा आउन सक्ने स्वास्थ्य सम्वन्धि संकट बाट बिश्व समुदायलाई बचाउनका लागि आबश्यक उच्च स्तरीय राजनीतिक कदम र कारबाहीको संकेत पनि दिनेछ ।

हुन पनि सबै देशका मानिसहरुको स्वास्थ्यको रक्षा गर्ने किसिमका कुनै पनि यस्ता प्रस्ताबहरुको सधै नै स्वागत हुन्छ र गरिनु पर्दछ नै ।यतिबेला कोभिड–१९ महामारीले बिश्वमा एउटा नयाँ र गम्भीर चूनौति ल्याएको छ नै । यो महामारीभन्दा पहिला देखिनै बिश्वले बिभिन्न किसिमका अरु चुनौति र संकटहरुको पनि सामना गर्दै आएको थियो । जलवायु परिबर्तन, आर्थिक बिषमता , प्रबिधिसम्बन्धि असमानता आदि जस्ता निकै ठूला बिश्वब्यापी समस्याहरु पछि अहि ले एउटा भाइरसका कारणले बिश्वले अर्को नयाँ समस्याको सामना गरिरहनु परेको छ ।
वास्तवमा यस सम्वन्धमा बिश्व समुदायले अतितका गल्तीहरुलाई सुधार्नु पर्नेछ र के सुनिश्चित गर्नु पर्नेछ भने बिगतमा गरिएका सन्धि सम्झौताहरुको लाभ खाशगरी बृहत जनसमुदायका बीचमा पुग्न सकोस् । कुनै पनि सन्धि जुन राज्यहरु या अन्तर्राष्ट्रिय संगठनहरुका बीच हुन्छन् तिनले अन्तर्राष्ट्रिय सम्झौतालाई नै दर्शाउँदछन् । बस्तुतः ती अन्तर्राष्ट्रिय कानुनहरुका प्राथमिक श्रोतहरु पनि हुन् । यस्तो बेलामा जति बेला बिश्वमा एउटा भाइरसले शासन, प्रशासनलाई पूरै बाधा दिइरहेको छ र ब्यवधान खडा गरिरहेको छ, अनि भबिष्यमा पनि आउन सक्ने यस्ता चूनौतिहरुको सामना गर्नका लागि अब एउटा प्रष्ट र परिभाषित सुस्पष्ट नियम कानुनहरुको आवश्यकता महसुस भइरहेको छ त्यो महत्वपूर्ण बिषय हुनजान्छ ।
यसका अतिरिक्त हामी ले अर्को पक्षलाई पनि त्यत्तिकै बेवास्ता या नजरअन्दाज गर्न सक्तैनौ । यतिबेला हामीले के बुझ्नु पनि उत्तिकै आवश्यक छ भने बिश्व शासन प्रशासनमा यस्तो स्थितिलाई बढावा दिन सकियोस् जसको परिणाम बिपन्न बर्गको पक्षमा जाओस् या होस् । बिकसित देशहरुमा औद्योगिरण र शहरीकरणले स्वास्थ्य सम्वन्धि निकै ठूला र गम्भीर समस्याहरु पनि पैदा भएका छन् र भइरहेका छन् । यस सम्वन्धमा पुनः बिचार गर्नुपर्ने आवश्यकता के छ भने के यो प्रस्ताबित सन्धिले सम्पन्न र बिपन्न देशहरुको हिस्साप्रति उचित र सही जवाफदेहीतालाई साच्चै सुनिश्चित गर्न सक्ला ? गम्भीर यक्ष प्रश्न खडा हुन्छ ।
के कुरा एकदमै आवश्यक र निश्चित छ भने बिकसित यस्तो स्थितिमा अन्तर्राष्ट्रिय समुदायले परस्पर मिलेर काम गर्नु पर्दछ जसले गर्दा एउटा सबल र प्रभावकारी बिश्व स्वास्थ्य सेवाको निर्माण गर्न सकियोस्। यस पटक पनि महामारी फैलिएको बेला जैबिक युद्धको समेत चर्चा चल्यो । एउटा यसको रणनीतिक निबारककारुपमा सेवा गर्नका लागि जैबिक हतियारहरुको क्षमताको अन्तर्राष्ट्रिय राजनीतिमा निकै महत्वपूर्ण निहीतार्थ हुन्छ । हुन पनि कोरोना भाइरसले प्रष्ट के देखायो र अहिले पनि देखाइरहेको छ भने एउटा संक्रामक रोग बिश्वभरी नै कति बिनाशकारी हुन सक्दोरहेछ । बिश्व समुदायका बीच यस तथ्य कुरामा सर्ब सम्मति हुनु पर्दछ कि सम्पन्न अन्तर्राष्टिय बैठक पछि यस प्रस्ताबित सन्धिमा जैबिक हतियारहरुका बिरुद्ध सख्त कारबाहीका लागि पनि आवश्यक ब्यबस्था हुने कुरा शामेल गरिनु पर्दछ । अनि निसन्देह के पनि भन्न सकिन्छ भने कुनै पनि सरकार या बहुपक्षीय एजेन्सीले मात्र यस्ता खतराको सामना या समाधानको खोजी गर्न सक्तैन । अत्याधिक समन्वित किसिमले महामारीको पूर्बानुमान,रोकथाम, छानबिन, आकलन र प्रभाबकारी किसिमले प्रतिकृया तथा उपचार दिने बिज्ञान र प्रबिधिको समर्थन आवश्यक हुन्छ ।
आज बिश्वका कतिपय देशहरुले कृत्रिम बुद्धि(आर्टिफिसियल इण्टेलीजेन्स) र अझ उन्नत र उदाउँदो प्रबिधि को बिकासमा लगानी गर्नका लागि अपर्याप्त धनराशीको समस्या झेल्नुपरिरहेको छ । भबिष्यमा आउने बिश्वका अपूर्ब खतराहरुको सामना गर्नका लागि प्रौद्योगिकीमा लागानी गर्न पनि पर्यापत संम्पत्ति र संयन्त्र सुनिश्चित हुनु पर्दछ । यस्तो स्थिति खडा गर्न सकिएमा मात्र यसले सबै देशहरुका लागि परस्पर प्रतियोगिता को साथसाथै सहयोगका लागि पनि समान मञ्च प्रदान गर्न सक्तछ । त्यस्तो सन्धि बिश्व स्वास्थ्य संगठनको बिधान अनुसारको या त्यसैमा निहीत भएको हुने या हुनु पर्नेछ । महत्वपूर्ण अन्तर्राष्ट्रिय संगठनहरुको तर्फबाट पारदर्शीताको कमी बिगतमा निकै ठूलो चिन्ताको कारण पनि बनेको अनुभव पनि छ । त्यसैले आज यस सन्दर्भमा राष्ट्रिय, क्षेत्रीय र बिश्व क्षमताहरुलाई अझ सबल तुल्याउनका लागि एउटा ब्यापक र बहुक्षेत्रीय दृष्टिकोणलाई बढावा वा प्रोत्साहन दिनु अनिबार्य नै छ । यसका अतिरिक्त नोकरशाही संरचनामा चलेको कर्मचारीतन्त्रलाई बढी जोड दिने खालका कुनै पनि प्रयासलाई कम गर्ने आबश्यकता पनि उत्तिकै छ । भबिष्यका महामारीहरुको खुकुलोपनको उदेश्यले पनि मानिसहरुका लागि सन्देशबाहक सञ्जाल या संयन्त्रको पनि आवश्यकता हुन्छ ।
यस सन्दर्भमा पछिल्लो यो बैठकमा बिश्व नेताहरुकातर्फबाट नयाँ सिराबाट बिश्व स्वास्थ्यको अत्यन्तै संबेदनशील मुद्दालाई लिएर सामुहीक प्रतिबद्धताको पालना गर्ने यो प्रयास एउटा सराहनीय पहल मान्न सकिन्छ । प्रबर्तन शक्ति, पहिलादेखिनै कायम रहेका सन्धि सम्झौताहरुका साथसाथै त्यस्ता मुद्दाहरु र बिश्व स्वास्थ्य संगठनद्वारा ती बिषयमा कुनै कारबाही गरिएको छैन खासगरी सम्पन्न देशहरुले बिपन्न देशहरुद्वारा कोभिड–१९ बिरुद्ध खोप(भ्याक्सिन) निर्माण प्रबिधिलाई साझा गर्न दबाब दिने आवश्यक साझा प्रयासको बिरोध गरेको थियो । यस्तो स्थितिमा कुरा के प्रष्ट छ भने त्यही सन्धि या सम्झौता मात्र सफल हुनेछ जसले यो २१औं शताब्दीमा सारा बिश्व समुदाय यसका लागि दृढतापूर्बक र कृत संकल्प भएर अग्रसर हुन्छ । एउटा समुन्नत, सभ्य र सुसँस्कृत ताथ स्वस्थ समाज निर्माणका लागि यो भन्दा सुन्दर र सार्थक अर्को बिकल्प पनि नदेखिएको सम्बद्ध बिज्ञहरुो पनि निष्कर्श छ ।

