नेपाल राष्ट्रिय बंगाली समाज द्वारा रविन्द्रनाथ टैगोर ज्यन्ति मनाइयो

0
Quantam abroad studies

सप्तरी , वैशाख २६
नेपाली राष्ट्रिय बंगाली समाज केन्द्रिय कार्यालय समितिद्धारा विश्वविख्यात कोवि गुरु रविन्द्रनाथ टैगोरको १६० औँ जन्म ज्यन्ति मनाएका हुन्।

कोरोना भाइरस कोभिड-१९ लाइ मध्य नजर गर्दे भर्चुवल मार्फत कवि रविन्द्रनाथ टैगोर प्रति श्रद्धासुमन अर्पण गर्दै, रविन्द्र संगीत, कविता वाचन समेत गरिएका छन् । बंगाली समाजका अग्रज अविभावक अवकाश प्राप्त स्वास्थ्यकर्मी सुनसरी धरान निवासी नोमाइ चक्रवर्ती र बिराटनगर निवासी बंगाली समाज को बरिष्ठ शिक्षक दिलिप बनर्जीले कवि रविन्द्रनाथ टैगोरको जिवनी बारे चर्चा गर्नु भएको थियो ।

कवि गुरु रविन्द्रनाथ टैगोर बंगाली समुदायको पुजनीयको रुपमा रहेको छ । हाम्रो बंगाली साहित्यको आर्दश गुरुदेव रविन्द्रनाथ ठाकुर बाल्यकाल देखी नै कविता,छन्द तथा भाषामा अद्वभुत प्रतिभाशाली थिएँ । गुरुदेव आफनो जिवन कालमा कति औं उपन्यास,निबंध,लघुकथा,यात्रावृन्त,नाटक एवं हजारौँ गित रचना गर्नु भएको छन् ।

sahani furniture udyog

गुरुदेव पद्य कवितामा बढी चर्चित थिएँ । गद्यमा लेखिएको लघुकथा धेरै नै लोकप्रिय रहेको छ । गुरुदेव इतिहास,भाषाविज्ञान र आध्यात्मिक संग सम्बन्धित पुस्तकहरु पनि लेखेका छन् । उहाँ एशियाको प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति हुन् । उहाँ एकमात्र कवि हुन् जसले दुईवटा रचना दुई देशको राष्ट्रिय गित भारतको राष्ट्रिय गित “जन गण मन” र बाँग्लादेशको राष्ट्रिय गित “आमार सोनार बाँग्ला” गुरुदेव कै रचना हुन् ।

प्रत्येक वर्ष बंग्ला पात्रो अनुसार वैशाख २५ गते रविन्द्र ज्यन्ति मनाउने चलन रहेको ले विश्वविख्यात कोवि गुरु रविन्द्रनाथ टैगोर ज्यू को १६० औँ जन्म ज्यन्ति मनाउने निर्णय अनुसार रविन्द्र संगित कविता विराटनगरबाट दिलिप बनर्जी , दिपाली बनर्जी, सुनसरीको लौकहीबाट डा.जनमजय मंडल, धरानबाट नोमाइ चक्रवर्ती, पुर्बी चक्रवर्ती, सप्तरीबाट कल्पना सरकार र काठमाडौं बाट दिपक भट्टचार्य ले रविन्द्रनाथ टैगोरको गीत, कविता प्रस्तुत गरियो।

उक्त कार्यक्रममा राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय महिला उपाध्यक्ष किरण सरकार , महासचिव दिपक भट्टचार्य, केन्द्रिय सदस्य सुरेन्द्र कविरथ, केन्द्रिय सदस्य प्रो.रबिन्द्र मंडल, लुम्बिनी प्रदेश भैरहवा बाट शिक्षक अनिमा सरकार, जनकपुरबाट संसाक विश्वास, झापा बाट आलोक घोष , मोरङ्ग विराटनगर बाट फिल्म निर्देशक संतोष सरकार , सर्लाही बाट बंगाली समाज प्रदेस नं.२ का संयोजक बिमल चन्द्र सरकार, सिराहा लहान बाट अमित चेल लगायतको उपस्थिति रहेको थियो ।

रबिन्द्र नाथ टायगर को स्मृतिमा आज भोलि दुई दिन सम्म बेलुका आ-आफ्नो घरमा मैनबती प्रज्वलन गर्ने सहमति भयो । जय बंगो ।जय नेपाल।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.