कपिलवस्तु अस्पताललाई मायादेवीको २ लाख सहयोग

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख २६
मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुना नदिनाको लागि गाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भएको छ । उनले भने कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्य भईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको बताउनु भएको छ ।

२ लाखको चेक अस्पतालका प्रमुख किशोर बन्जाडेलाई हस्तान्तरण गर्रिएको अध्यक्ष कुर्मीले बताउनु भएको छ । २ लाखको चेकबुझदै अस्पताल प्रमुख बन्जाडेले मायादेवी गाउँपालिकाले सहयोग गरेकोमा धन्यावाद दिदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको समेत बताउनु भएको छ । कपिलवस्तु को विभिन्न संघसंस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.