कपिलवस्तु , बैशाख २७
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई रु ५ लाख प्रदान गरेको छ ।
महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम ले नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत अस्पतालको लागि रु ५ लाखको चेक हस्तान्तरण गर्नु भयो ।
कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको र जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।
केही महिना पहिले तौलिहवा अस्पताललाई रु ५ लाख दिने उद्घोष अनुसार रकम हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
तौलिहवा अस्पताल विकास समितिको नाममा चेक दिएको अधिकृत खरेलले बताउनु भयो ।