

बृजेश यादव, कपिलवस्तु
कपिलवस्तुको महाराजगंज नगरपालिकामा नयाँ काम सुरुवात गरिएको छ । यस बर्षको नितिकार्यक्रम अनुसार महाराजगन्जमा नक्सापास कार्यक्रम सुरु भएको छ ।
महाराजगंज नगरपालिकाले आज पहिलो पटक सेवाग्राहीलाई नक्सापासको प्रमाणपत्र प्रदान गरेको छ । यस आर्थिक बर्ष देखी नक्सा पास कार्यक्रम लागु गरिएको महाराजगज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगंज नगरपालिकाबाट सबैभन्दा पहिले वडा नं २ का रामचन्द्र कहारले नक्सा पास निर्माण सम्पन्नको पत्र बुझ्न् भएको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो ।

महाराजगंज नगरपालिका क्षेत्रमा कुनै पनि व्याक्तीले घर निर्माण गर्दा तथा नयाँ संरचनाको अनिवार्य रुपमा नक्सा पास गर्नुु पर्ने इन्जिनियर सुनिल कुमार चौधरीले बताउनु भयो । रामचन्द्र कहारले नक्सा पासको पत्र पाएपछि खुसी व्यक्त गर्दै छिटो छरितो तरिकाले आफुले घर नक्सापास निर्माण सम्पन्नको प्रमाण पत्र पाएकोले ।यो प्रमाणपत्रले बैंक बाट ऋण लिन पनि सजिलो हुने बताए ।
महाराजगंज नगरसभाले चालु आर्थिक बर्ष देखी घर नक्सा पास कार्यक्रम सुरु गर्ने नगर सभाबाट पारित गरेको थियो । नगरपालिकामा घर नक्सा पास गर्ने फाइल पेश भएको छ । असार मसान्त भन्दा पहिले सबैले निर्माण सम्पन्नको प्रमाण पत्र पाउने महाराजगंज नगरपालिकाले जनाएको छ ।
