मन्त्री पाण्डे द्वारा कृष्णनगरमा सड़क बिनाको पुल उद्धघाटन।

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु ,
भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयले कृष्णनगरमा बिन सडकको पुल उद्घाटन गर्नु भएको छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे ।

आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएको थियो। पुल निर्माण भए पनि सड़क नभएकोले गाउबाट पुल सम्म पुग्न समस्या देखियो छ। पुल निर्माण भएपछि स्थानीय बीच खुशीको माहोल रहे पनि सड़क नभएकोले चिन्तित भएका छन। गाउलाई जोड़ने सड़क छैन पुल सम्म कसरी पुग्ने भनी स्थानीयहरुले प्रश्न गरेका छन। स्थनीयहरु भन्छन जसरी नगर प्रमुख रजत प्रताप शाहले हाम्रो समस्या बुझी पुल निर्माण गर्नु भएछ त्यस्तै नै पुलबाट गाउ सम्म जोड़ने सड़क निर्माण भए सहर्निया हुन थियो।

उद्धघाटन कार्यक्रममा मन्त्री पाण्डेयले याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे मैले बनाईदिने प्रतिवद्धता गर्नुभएकाे छ।

Leave A Reply

Your email address will not be published.