

उत्तम कुमार थापा , बझाङ
जिल्लाकाे खप्तड छान्नामा रहेकाे खप्तड छान्ना राईजिङ अप लामाताेलाले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
आज एक कार्यक्रमका विच जिल्लाका १२ वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हाे । जिल्लामा रहेको जनस्वास्थ्य कार्यालयकाे परिसरमा राईजिङ अप लामाताेलाका अध्यक्ष दिनेश थापाकाे नेतृत्वमा हस्तान्तरण गरिएको ढुण्डीराज थापाले बताए ।

काेभिड १९ काे समयलाई मध्यनजर गर्दै , विश्वभरिका बझाङगी एक जुट हाैँ , काेभिड १९ बाट बझाङ बचाउ भन्ने मुल नाराका साथ विश्वभरि छरिएका बझाङ बासी तथा नेपालका विभिन्न जिल्लाहरुका विदेश तथा साेदेशमा बस्नेहरुकाे आर्थिक सहयाेगमा पिपिई सेट,अक्सिमिटर थर्मलगन माक्र्सहरु सेनिटाईजर ग्लप्स लगाएत विभिन्न स्वास्थ्य सामाग्री स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिहरुलाई अाैषधिहरु वितरण गरिएको बिजय थापाले बताए ।
अहिलेकाे परिस्थितिलाई नियाल्दै , यस सँस्थाले अमेरिकका रहनुभएका विष्णुप्रशाद जाेशी र रमेश थापा जापानमा रहेर अभियानलाई सफल पारिएको स्राेतकाे भनाइ छ। पहिलाे पटक समाज रुपान्तरण दिगाे शान्तिमा अग्रसरता देखाउदै आएकाे सँस्थाले आगामी दिनमा अझै विभिन्न कार्यालयहरु गर्ने अध्यक्ष दिनेश थापाकाे भनाइ छ । विभिन्न देश विदेश बाट उठेको करिव ५ लाख वरावरकाे सामाग्री हस्तान्तरण गरिएको हाे भने जम्मा ८ लाख उठाएकाे अब ३ लाख वाकि रहेकाे हुदा जता विपद परेकाे छ र गरिव विपन्न परिवारलाई सहयाेग गर्ने जनाएको छ ।
आजकाे हस्तान्तरण कार्यक्रममा मदन राज उपाध्याय अध्यक्ष दिनेश थापा सचिव अर्जुन गिरी,सल्लाहकारमा ढुण्डीराज थापा स्थानीय मीन बहादुर खड्काले सहयाेग गर्नुभएको थियाे ।
