सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको ख्याति प्राप्त बिधालय लथालिङ्ग , स्वास्थ्य चौकीमा समेत लापरबाही

0
Quantam abroad studies

sahani furniture udyog

नबिन यादव , सप्तरी
सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वार्ड नं ९ स्थित सप्तरी जिल्लाको पुरानो सदरमुकामको महाबिर उच्य माध्यमिक विद्यालय सुँगुरको खोरमा परिन्त हुँदै गएको छ ।

हनुमाननगर कंकालनी नगरपालिका मैयर शलेस साहले विधालय देखि स्वास्थ्य क्षेत्र प्रति ध्यान नदिएको कारणले जनताहरू लाई सास्ति भोग्नुपरेको छ । कैयौंपटक स्वास्थ्य चौकिमा म्याद नाघेको औषधीहरु फेला परेका छन् । यो गम्भीर लापरबाही हो। म्याद नाघेको औसधि कुनै बिरामीले सेवन गर्दा ज्यान समेत जान सक्छ । त्यसैले स्वास्थ्य चौकीको ब्यवस्थापनका लागी बारम्बार अनुरोध गर्दा पनि मेयर साहले कुनै वास्ता नराखेको स्थानीय युवा नेता राहुल मंडलले बताएका छन् ।

यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ख्यातिप्राप्त महाबिर उच्य माध्यमिक विद्यालयको अवस्था पनि लथालिङ्ग रहेको छ । उक्त बिधालय बिबाह भोजभतेर लगायत आफ्नो निजि स्वार्थको लागि प्रधानध्यापक डमर सतर यादवले प्रयोग गर्ने गरेका छन् भने मेयर शलेस साह आफनो निजी भबन निर्माण गर्नका लागि बिद्यालयको पर्खाल भताएको स्थानिय बासिहरूको भनाई रहेको छ । सो विद्यालयमा प्रदेश सरकार देखी स्थानीय तहबाट लाखौंको बजेट आउँछ । तर एउटा ख्याति प्राप्त विद्यालय प्रागण समान्य बर्षामा पनि सुँगुरको खोरमा जस्तै भएको छ ।

यसैगरी विद्यालयका प्रधानाध्यापक डमर सतरा यादबले विद्यालयमा प्रदेश सरकार र स्थानीय सरकार बाट बजेट आएको छ । हामी विद्यालयको कामकाज द्रुत गतिमा गर्देछौ। हामी केहि महिनामै यस विद्यालयलाइ नमुना बिधालयको रुपमा स्थापित गर्छौ भनी दाबी समेत गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.