०७७/०७८ को हर हिसाब नबुझाइ मनमानी ढंगले ०७८/७९ को नगरसभा गरेको बताउदै बिरोध

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिकाको छैठौ नगरसभाको विरोध गर्दै जनप्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गरेका छन। उक्त प्रेस विज्ञप्तिमा आज कृष्णनगर नगरपालिकाको नगरसभामा नीति तथा कार्यक्रम पेश गर्ने अधिकार नगर उपप्रमुखको हुनु पर्ने तर उहालाई पेश गर्नबाट वञ्चित गरिएको व्यवहोरा अवगत गराउदै एकलोटी र मनमानी ढंगले नीति कार्यक्रम पेश गरिएको प्रति घोर विरोध गरिएको छ।

यस्कासाथै आय व्यय र जिन्सी समेतको जाचबुझ पेश गर्ने समितीलाई आर्थिक गतिविधीको बारेमा समेत जानकारी नगराएकाले प्रतिवेदन पेश गर्न सकिएन भने नगरपरिषदको उपस्थित रजिस्टरमा हास्ताक्षर समेत गर्न बाट वञ्चित गराउन खोजिएको प्रति घोर निन्दा गर्दै एकलौटी मनमानी ढंगले प्रस्तुत गरिएको कृष्णनगर नगरपालिकाको नीति कार्यक्रम स्थगन गरि वृहत छलफल गरि मात्र प्रस्तुत गर्न सम्बन्धित सबै सरोकार वालासंग जोडदार ‌‌‌‌‌‌‌‌‌‌‌‌मांग गर्दछौ भनी बिज्ञप्तिमा उल्लेख रहेको छ।

कृष्णनगर कार्यपालिका बोर्डले २०७८/०२/२७ गतेको दिन‌ आ.व.०७७/०७८ को आय व्यय/जिन्सी समेत जाचबुझ गरि २०७८/०३/०४ गते नगरप्रमुख समक्ष प्रतिवेदन पेश‌ गर्ने गरि ३ सदस्यीय समिती गठन गरि समितीका संयोजकमा देवानन्द शुक्ला सदस्यमा नुर मोहम्मद मुसलमान र घनश्याम बनिया रहने गरि जिम्मा दिइएको थियो।

sahani furniture udyog

समितिका संयोजक देवानन्द शुक्ला अनुसार कार्यपालिका बोर्डले निर्णय गरि जिम्मा हामीलाई दियो तर उक्त आय व्यय र जिन्सी समेतको जाचबुझ गर्नाको लागि पटक पटक मौखिक रुपामा सम्बन्धित निकायलाई ताकेत गराउदा गराउदै पनि समयमा हामीलाई कुनै हर हिसाब नदिएको कारणले हामी असार ४ गते नगरप्रमुख समक्ष प्रतिवेदन पेश गर्ना सकेनै र असार ९ गतेका दिन निवेदन दर्ता नं.५६३२को निवेदन सम्बन्धित निकायमा दर्ता गरि ०७७/०७८को आय व्यय र जिन्सी समेतको जाचबुझ हर हिसाब नपाएको कारणले हामीले प्रतिवेदन पेश गर्नसकेको छैनौं । तशर्थ ०७८/०७९ को नगरसभा सम्बन्धि कुनै पनि प्रक्रिया अगाडी नबढाउने अनुरोध हामी तीन सदस्यीय समितीले लिखीत रुपमा गर्दैगर्दा पनि ०७७/०७८ को हर हिसाब नदेखाई मनमानी ढंगले नगरसभा सम्पन्न गरेको शुक्लाले आरोप लगाएक छन।

नगरसभाको विरोध गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा नगर उपप्रमुख शबनम खातुन, ८न.वडाध्यक्ष नुर मोहम्मद मुसलमान,६ न.वडाध्यक्ष देवानन्द शुक्ला, ११ न.वडाध्यक्ष फग्गु मुराउ, ४ न.वडाध्यक्ष घनश्याम बनिया, १० न. वडासदस्य मुर्तजा मुस्लमान, ११ न. वडासदस्य हबीबुल खांको हस्ताक्षरमा रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.