राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तमा जेल बसेका समय सम्झे ।।

0
Quantam abroad studies

शत्रुघन खरविन्द ,कपिलवस्त

 राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन गरेका छन् । अवलोकन गर्दा कारागार कपिलवस्तमा जेल बसेका समयको सम्झन गरेका थिए । पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिनाले विसं २०४२।४।२७ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।

आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए । आफू जेल बसेको समयको भवान अहिले नराहेको र पहिले भन्दा अहिले कपिलवस्तु कारागरको अवस्था सुधार भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भई शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखराबाट तौलिहवा हुदै भैरहवा , वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए ।कारागार कैद भुक्तन को लागि मात्रा नभएर सुधार गृहको रुपामा लिना आग्रह थर्दै कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने उनले बताएका छन ।

 अवलोकनका क्रममा अध्यक्ष तिमल्सिनलो कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए । ३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी गराउनु भएको थियो। कारागार भित्र खानेपानी र सौचालयको समस्या रहेको पनि पाण्डेले जनकारी गएका थिए ।

Leave A Reply

Your email address will not be published.