
सप्तरी सम्बादाता
जिल्लाको तिलाठीकोइलाडी गाउँपालिका वडा ५ का अजय मण्डललाइ मुस्लिम समुदायद्वारा आक्रमणगरि मरणासन्न अवस्थामा पुर्याएको भन्दै राष्ट्रिय एकता अभियानले प्रेस बिज्ञप्ति जारीगरि घोर भत्सर्ना गरेको छ ।
मण्डल भदौ २ गते घरबाट सदरमुकाम जाने क्रममा दाहा खेलि रहेका मुस्लिम समुदायका ब्यक्तिहरुले हातहतियार सहित आक्रमणगरि मरणासन्न हुनेगरि गम्भीर घाइते बनाएको भन्दै राष्ट्रिय एकता अभियानले प्रेस बिज्ञप्ति जारी गरि बिरोध गरेको हो । घाइते भएका मण्डललाइ हात , टाउको , पेट र पिठिउमा चोट लागेको र हाल उन्को उपचार भैरहेको छ । पर्ब मनाउने नाममा हातहतियार लिएर सार्बजनिक प्रदर्सन गर्नु र अन्य धर्मका ब्यक्तिमाथि आक्रमण गर्नु तालिबानि शैली भएको समेत प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय एकता अभियानले हातहतियार सहित धार्मिक चाडपर्ब मनाउनु र अन्य धर्मावलम्बीमाथि आक्रमण गर्नु आतंकलाइ प्रस्य दिनु हो भने शान्तिको देश नेपाललाइ आतंकको देशमा रुपान्तरित गर्न खोजेको आरोप लगाएको छ ।

यासैगरि राष्ट्रिय एकता अभियानले पर्बको नाउँमा हुने हिंसक गतिविधिमा तत्काल नियन्त्रण गर्न , दाहा खेल्दा मण्डलमाथि भएको आक्रमणको छानबिन गरि दोषीलाइ कारबाही गर्न र पीडितलाइ छतिपुर्ति उपलब्ध गराउन समेत माग गरेको छ ।


