साधुहत्याका अभियुक्त वडाअध्यक्षलाई धरौटीमा रिहा गरेकोमा बिश्व हिन्दु परिषदको बिरोध

0
Quantam abroad studies

एस.एम. न्युज सम्बादाता 

रौतहटको माधव नारायण नगरपालिका वार्ड नं २ खेशरहिया स्थित हनुमान मंदिरको पुजारी श्री राम शाहको हत्या गर्ने दोषीलाइ अदालतले धरौटीमा जमानत दिएको छ । 


२०७७ साल भाद्र ३ राती खाना खाइरहेको बेलामा अपराधीहरु द्वारा गोली हानी हत्या गरिएको थियो । त्यसपछि  सो घटनासंग सम्बन्धित संगदिध अभियुक्तहरुलाई अदालतमा मुद्दा चली रहेकों अवस्थामा संदिग्धमध्ये एक अभियुक्त  शेख नुरूलाहलाई अदालतमा हाजिर भएको एक घण्टामा नै साधारण तारेखमा रिहा गरिएको छ । रिहा भएका अभियुक्त वडाअध्यक्ष समेत हुन । उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि विभिन्न हिन्दुबादि संघसंगठनले यस निर्णयको चर्को बिरोध गरेका छन्। यसैक्रममा विश्व हिन्दु परिषद् रौतहटले समेत यस निर्णयको बिरोध गरेको छ। बिश्व हिन्दु परिषदले पहुँचको आधारमा संदिग्ध अभियुक्तलाइ धरौटीमा रिहा गरिएको आरोप लगाएको छ। त्यसैले यस निर्णयको बिरोध स्वरुप परिषदले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत सरकारको माथिल्लो निकायलाई ज्ञापन पत्र बुझाएको छ । 

sahani furniture udyog


ज्ञापन पत्र अनुसार  सम्बन्धित निकायले यस निर्णयलाइ सच्याइ अभियुक्तलाइ कडा कारबाही नगरे सम्पुर्ण हिन्दु धर्ममा आस्था राख्ने अनुयायीले साधुको हत्याको न्यायका लागि कडा कदम चाल्न बाध्य हुने बताएको छ । परिषदले  जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद् लगायत जिल्ला प्रशासन कार्यालयलाई छुटा छुट्टै दिएको छ  ।

 यस घटनामा विभिन्न पहुँचवाला ब्यक्तिको चलखेल भैरहेको आरोप लाग्दै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन परिषदका जिल्ला अध्यक्ष लगायत पदाधिकारी र कार्यकर्ता उपस्तिथ रहेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.